४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीद्वारा आन्दोलनमा क्षति भएका सञ्चारमाध्यमको अवलोकन



अ+ अ-

काठमाडौँ। प्रेस चौतारी नेपालले शुक्रबार पूर्वराजावादीको प्रदर्शनका क्रममा क्षति भएका सञ्चारमाध्यमको अवलोकन गरेको छ । अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले क्षति भएका सञ्चारमाध्यम र घाइते भएका पत्रकारको अवस्थाबारे आज जानकारी लिएको हो ।

अध्यक्ष पाण्डेले राजावादीले सञ्चारमाध्यमलाई आक्रमणको निशाना बनाएकामा दुःख व्यक्त गर्दै उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदर्शनकारीको उद्दण्ड र हिंसात्मक कार्यको आलोचना गर्दै राज्यले अपनाएको संयमताकै कारण शुक्रवार ठुलो क्षति हुन नपाएको बताउनुभयो । अध्यक्ष पाण्डेले पत्रकारको सुरक्षाको लागि ध्यान दिन राज्य सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।

प्रेस चौतारीका महासचिव हिरामान लामाले सञ्चारमाध्यममा त्रास सिर्जना गरेर दक्षिणपन्थी शक्तिलाई स्थापित गर्न सपना देखिएको तर त्यो पूरा नहुने बताउनुभयो ।

प्रेस चौतारीले राजावादीको आक्रमणबाट क्षति बेहोरेका कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोष्ट, हिमालय टिभी र घाइते भएका अनलाइन खबरका सञ्चारकर्मीलगायत आबद्ध सञ्चार गृहमा पुगेर स्थलगत अवलोकन गरेको थियो ।

अवलोकनका क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा बढी क्षति पुगेको पाइएको प्रेस चौतारीका अध्यक्ष पाण्डेले बताउनुभयो । हिजो प्रदर्शनकारीले एक व्यापारिक भवनमा लगाएको आगोमा जलेर एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको ज्यान गएको थियो । रासस