२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लेखकद्वारा तीनकुने लगायतका क्षेत्रको अनुगमन



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीहरुको आन्दोलनका क्रममा क्षति पुगेको तीनकुने लगायतका क्षेत्रको अनुगमन गर्नुभएको छ ।

शनिवार बिहान गृहमन्त्री लेखकसहित मन्त्रालयका कर्मचारीहरुले क्षतिग्रस्त भएका स्थानहरुको अनुगमन एवं निरीक्षण गर्नुभएको हो ।

शुक्रवारको आन्दोलनमा आन्दोलनकारीहरुले तीनकुने, बानेश्वर, जडिबुटी, कोटेश्वर लगायतका क्षेत्रमा निजी र सार्वजनिक सम्पती तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए ।

सोही स्थानको अवस्थाबारे बुझ्न गृहमन्त्री लेखक शनिवार उक्त क्षेत्रको अनुगमनका लागि जानुभएको हो । राजावादीहरुको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको छ ।