११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा कोरोना उपचाररत ६२ वर्षीय पुरुषको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

पोखरा । पोखरामा उपचाररत एक ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो ।

उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । आईसीयूमा राखेर उनको उपचार हुँदै आएको थियो । उनी डायबिटिजबाट समेत पीडित थिए । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । 

नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।