११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश ५ की सांसद केसीमा कोरोना पोजिटिभ



अ+ अ-

बुटवल । प्रदेश ५ की सांसद कृष्णा केसीमा कोरोना भाइरस संक्रमण पोजिटिभ देखिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ सांसद केसीले फेसबुकमा लेखेकी छन् ।

सांसद केसी आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा कोरोना महामारीका बेला आयोजित विभिन्न कार्यक्रममा सहभागी समेत हुने गरेकी थिइन् ।