११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन दिन देशका अधिकांश स्थानमा बर्षा हुने



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आगामी तीन दिन देशभरका अधिकांश स्थानमा बर्षा हुने बताइएको छ ।  निरन्तरको बर्षाले देशभरका नदीमा पानीको बहाव पनि बढ्ने महाशाखाको पूर्वानुमान छ।

नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका ससाना सहायक नदी लगायत गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेश भई बहने साना नदीमा बहाव बढ्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ।

नदीको बहाव बढ्ने भएको आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन समेत केन्द्रले आग्रह गरेको छ।