२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना पोजिटिभ भए पनि जोकोभिच युरोप घुम्दै थिए



अ+ अ-

मेलबर्न । नोभाक जोकोभिचको अस्ट्रेलिया सरकारसँगको विवाद कम हुने छाँट देखिएको छैन । अदालतले यी टेनिस स्टारलाई क्लिन चिट दिएको हुन सक्छ तर अझै पनि प्रश्नहरू निरन्तर उठिरहेका छन्। अस्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नले जोकोभिचको यात्रा इतिहासमाथि प्रश्न उठाएका छन् । उनले ट्विट गर्दै १६ डिसेम्बरमा कोभिड पोजिटिभ भेटिएपछि भोलिपल्ट केटाकेटीहरु भएको सार्वजनिक कार्यक्रममा किन सहभागी भएको भन्ने प्रश्न गरेका छन् ।

जोकोभिचले अष्ट्रेलियाको उडान समात्नुअघि १४ दिनसम्म यात्रा नगरेको जानकारी दिएका थिए । मोन्टेकार्लोमा बस्ने यी खेलाडीलाई यो दुई हप्ताको अवधिमा स्पेन र सर्बियामा देखियो। वार्नले नोभाकलाई कुनै मेडिकल छूट छ कि छैन भनेर पनि सोधेका छन् । “यदि त्यसो हो भने उनलाई छुट दिने व्यक्तिको पहिचान भएको छ ? तथ्यहरू जान्न खोज्दै छु किनकि भिक्टोरियाको नागरिकका रूपमा म यो अवस्थाबाट लज्जित छु।” 

अहिले जोकोभिचले यस विषयमा स्पष्टिकरण दिएका छन् । बुधवार आफ्नो सोशल मिडिया एकाउन्टमा एक पोस्ट लेख्दै गत हप्ता मेलबर्न आइपुग्दा उनको अध्यागमन कागजातहरू कसरी गलत थिए भनेर बताएका छन्। कोभिड–१९ खोप मुद्दामा जोकोभिचको भिसा पहिले खारेज गरिएको थियो र त्यसपछि पुनः बहाल गरिएको थियो तर यसका कारण अस्ट्रेलियन ओपनमा उनको सहभागितामा शङ्का उत्पन्न भएको थियो ।

इन्स्टाग्राममा पोष्ट गरिएको एक बयानमा जोकोभिचले अनुमानलाई ‘दुःखदायी’ भएको बताए । उनले अष्ट्रेलियामा आफ्नो उपस्थितिको बारेमा व्यापक चिन्तालाई कम गर्न गलत जानकारीका सन्दर्भमा स्पष्ट पार्न चाहेको बताए।

जोकोभिचका अनुसार उनले द्रुत परीक्षण गरे, जुन नेगेटिभ आएको थियो। पछि परीक्षणमा पोजिटिभ आएपछि उनले रोगको कुनै लक्षण नभए पनि सावधानी अपनाए। ट्राभल डकुमेन्टमा भएको गल्तीबारे कुरा गर्दै उनले त्यो आफ्नो सहयोगी टोलीले बनाएको बताए ।

जोकोभिचले भने, “गलत बक्समा चिह्न लगाउने प्रशासनिक गल्तीका लागि मेरो एजेन्टले माफी मागेको छ । यो मानवीय त्रुटि हो र निश्चितरूपमा जानाजानी होइन। टोलीले अष्ट्रेलिया सरकारलाई यस विषयमा स्पष्ट पार्न थप जानकारी दिएको छ।”

यो भनाइ बुधबार जोकोभिचको सामाजिक सञ्जाल खातामा पोष्ट गरिएको थियो जतिबेला पुरुष खण्डमा विश्व नम्बर एक यी खेलाडीले २० वर्षीय अष्ट्रेलियाली खेलाडी ट्रिस्टन स्कूलकेटसँग रोड लेभर एरिनामा अभ्यास गरिरहेका थिए ।

अस्ट्रेलियन ओपनमा नौ पटक भाग लिएका र डिफेन्डिङ च्याम्पियन जोकोभिचले आगामी सोमबारदेखि सुरु हुने वर्षको पहिलो ग्राण्डस्लाममा भाग लिन पाउने हुन् वा होइनन् भन्ने अझै स्पष्ट छैन । एजेन्सी