१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने

सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न बालबालिकाको मुटु सम्बन्धी रोगको निःशुल्क उपचार गर्ने
अ अ+ अ-

काठमाडौँ । सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटुसम्बन्धी रोगको उपचार निःशुल्क गर्ने भएको छ ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा उक्त जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले सरकारले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गराएको बताउनु भयो ।

उहाँले आर्थिक कठिनाइका कारण कुनैपनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भने बमोजिम उक्त निर्णय गरिएको जानकारी दिनुभयो । कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका २ लाख ५० हजारको रुपमा सहायता दिँदै आइरहेको बताउनु भयो । नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको डा। बुढाथोकीको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ वर्ष मुनिका आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाको मुटु उपचार निःशुल्क गर्नेगरी शहीद गंगालाल अस्पताल सञ्चालक समितिबाट निर्णय गरिएको छ । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र सञ्चलक समितिको बैठकमा माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलज्युले आर्थिक कठिनाइका कारण कुनैपनि बालबालिकालाई मुटु उपचारबाट वञ्चित हुन नदिने भने बमोजिम उक्त निर्णय गरिएको छ । यस कार्यक्रमका लागि मन्त्रालयले बजेट उपलब्ध गराउने, केही आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रलाई ५ सय बालबालिकाको शल्यक्रियासहितको मुटु उपचारको लागि प्रति बालबालिका २ लाख ५० हजारको रुपमा सहायता दिँदै आइरहेको छ । नेपालमा एक हजार बालबालिकामध्ये ८ देखि १० जनामा मुटु सम्बन्धी समस्या देखिने गरेको अध्ययनले देखाएको छ ।’

उहाँले मस्कुलर डिस्टोफी रोगको पहिचान, उपचार र रोकथाम एवं पुनःस्थापनका लागि नीति तथा कार्ययोजना तयार गर्न प्राध्यापक डा।जगदिशप्रसाद अग्रवालको संयोजकत्वमा सुझाव समिति गठन भएको बताउनु भयो । मस्कुलर डिस्टोफी एक प्रकारको अनुवंशिक रोग हो । जसले शरीरका मांसपेशीहरुलाई क्रमशः कमजोर बनाउँछ । जसले हिँड्न, दौडिन र खेल्न कठिन हुन्छ ।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सम्बन्त्री जानकारी लिन, स्वास्थ्य सम्बन्धी सेवा प्रवाहमा गुनासो गर्न र सुझाव दिन मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर १११५ मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म फोन गरेर दिनसक्ने बताउनु भयो ।