१९ चैत्र २०८१, मंगलवार
April 1, 2025 Tuesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन अवरोध गरेर मात्रै समस्या समाधान हुँदैनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदन अवरोध गरेर मात्रै समस्या समाधान नहुने बताउनुभएको छ ।

शुक्रवारको राष्ट्रिय सभा बैठकमा प्रमुख प्रतिपक्ष दलसहितका प्रतिपक्ष दलहरुले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमँन घिसिङलाई हटाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरी संसद अवरोध गरेका हुन् । अवरोधपछि राष्ट्रिय सभा सदस्यहरुलाई बसेर कारबाही अघि बढाउन सहजीकरण गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले समस्याको समाधान सभा अवरुद्ध गरेर नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्य सदस्यहरु विषय त राखिहाल्नु भयो अब । विषय राखियो, हामी सबैको ध्यानाकर्षण भएको छ । यही प्रक्रिया निरन्रत दोहोरिँदै जाँदा हामी कहाँ पुग्छौँ, हाम्रो राष्ट्रिय सभाको अवस्था कहाँ पुग्ला ? हामी सबै कति गम्भीर बनेका छौँ भन्ने मलाई चिन्ता लागेको छ । सबै हामी राष्ट्रिय सभाका मान्इ सदस्यहरुले आफ्नो ठाउँमा गम्भीर भएर समस्याको समाधान गर्नेतिर जोड दिनुपर्छ । हामी १७ औं अधिवेशनको करिव अन्त्यतिर छौँ । अर्को अधिवेशन शुरु हुन पनि ढिलो भइसकेको छ अब । अहिले दुई चार दिन भन्दा अगाडि राष्ट्रिय सभाको राम्रो छवि बनेको थियो । हामीले जति विधेयकहरु पास गरेर अघि बढायौँ, त्यसले राम्रोसँग अघि बढेको छ भन्ने थियो । साथै गम्भीर एउटा कुरा भनेको हामीसँग धेरै दिन छैन, माननीय सदस्यहरुलाई थाहा छ, १९ गते हामीले अर्को कार्यक्रम पनि बनाइरहेका छाँै, प्रदेशतिर जाने । सबैतिर तयारी भइरहेको छ । ५ वटा अध्यादेशलाई प्रतिष्थापन गर्ने विधेयक दर्ता भएर एक हदसम्म प्रक्रियामा गएको छ । त्यसको समइ पनि धेरै छैन । त्यसको ६० दिन पुग्दैछ । यसको असर के पर्ला भन्ने पनि सोचौँ । राष्ट्रिय सभाको गरिमालाई बर्करार राख्न सबै गम्भीर बनौँ । अरु कुराहरुबाट पनि हामी समाधान गर्नसक्छौँ । सदन अवरोध गरेर मात्रै बाटो रोज्यौँ भने त्यसले राम्रो सन्देश दिँदैन । यही मात्रै उपाय हो भन्नेतिर नलागौँ ।’

अध्यक्ष दाहालले राजनीतिक दलहरुको सक्रियाताबाट नै समस्या समाधान गर्नुपर्ने बताउनु भयो । सत्तापक्ष र प्रतिपक्ष एक—एकतिर कानमा तेल हाले बसेर मात्रै समस्या समाधान नहुने जिकिर गर्नुभयो ।