
काठमाडौँ । तीनकुनेमा भेला भएका राजावादी समर्थकहरु बानेश्वरतर्फ अघि बढेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।
प्रहरीले निषेधित क्षेत्र नतोड्न चेतावनी दिएपनि प्रदर्शनकारी अघि बढ्न खोजेपछि लाठीचार्ज गरेको हो ।
सोहि क्रममा दुई पक्षबीच झडप चल्दा प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । आन्दोलनकारीले पनि ढुंगा प्रहार गरेका छन् ।