११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

गोगोरो नेपालको ब्याट्री स्वापिङ प्रविधिः डिस्चार्ज भएको स्कुटरको ब्याट्री ६ सेकेण्डमै फुल चार्ज हुने

गोगोरो नेपालको ब्याट्री स्वापिङ प्रविधिः डिस्चार्ज भएको स्कुटरको ब्याट्री ६ सेकेण्डमै फुल चार्ज हुने
अ अ+ अ-

काठमाडौँ । काठमाडौंका ४५ स्थानमा गोगोरो नेपालका ब्याट्री स्वापिङ स्टेसन दुईपाङ्ग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालले ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ ।

गोगोरोले इलेट्रिक स्कुटरको डिस्चार्ज भएको ब्याट्री ६ सेकेन्डमै फुल चार्ज हुने ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको हो ।

ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रिक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने प्रविधि भित्र्याएको गोगोरो नेपालका प्रतिनिधि चिरञ्जिवी शाहले बताउनु भयो । उहाँले काठमाडौंका ब्याट्री स्वापिङ स्टेसनहरु काठमाडौंका ४५ वटा स्थानमा स्थापना गरिसकेको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाबाट शुरुवात गरिएको प्रविधि बिस्तारै देशका अन्य शहरहरुमा समेत विस्तार गरिने बताउनु भयो । उहाँले गा्रहकले डिस्चार्ज भएको ब्याट्री घरमा चार्ज गर्दा ६ देखि ८ घण्टा लाग्ने भएको कारण सहजता लागि उक्त प्रविधि सञ्चालनमा ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो काठमाडौं उपत्यकाबाट हामीले शुरु गरिराखेका छौं । काठमाडौंको दुई तीन किलोमिटर कभर हुने गरेर ४५ वटा ठाउँमा पेट्रोलको स्टेसनको लोकेसनको आधारमा हाम्रो ब्याट्री स्वापिङ स्टेसनहरु छन् । तपाईले आफ्नो डिस्चार्ज भएको ब्याट्री स्टेसनमा राख्नुभयो भने पूरा चार्ज भएको ब्याट्री तपाईले ६ सेकेण्डमा पाउन सक्नुहुन्छ । यहाँ क्यास पेमेन्टहरु गर्नुपर्दैन । डिस्चार्ज भएको ब्याट्रीबाट फुल चार्ज पाउने प्रोसेस तपाईले ६ सेकेन्ड चाँही ब्याट्री आउन लाग्छ । स्कुटर रोकिएर फेरि जाँदासम्म एक मिनेटभित्रमा तपाईले तपाईले आफ्नो सबै प्रक्रिया सम्पन्न गर्न सक्नुहुन्छ । आजभोलिको ग्राहकहरुले घरमा चार्ज गर्दाखेरि ६ देखि ८ घण्टा लाग्छ । पेट्रोलपम्पमा समेत क्यास तिर्न र लाइन बस्न लामो समय लाग्छ । आजको जमानामा मान्छेलाई फास्ट र प्रभावकारी समाधान चाहिएको छ । जुन चाहीँ ब्याट्री स्वापिङ टेक्नोलोजीबाट मात्र सम्भव छ ।’

नेपालमा पेट्रोल स्टेशनहरू जत्तिकै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने गोगोरोको योजना रहेको समेत उहाँले बताउनु भयो ।