
काठमाडौँ । काठमाडौंका ४५ स्थानमा गोगोरो नेपालका ब्याट्री स्वापिङ स्टेसन दुईपाङ्ग्रे सवारीसाधन उत्पादक गोगोरोले नेपालले ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको छ ।
गोगोरोले इलेट्रिक स्कुटरको डिस्चार्ज भएको ब्याट्री ६ सेकेन्डमै फुल चार्ज हुने ब्याट्री स्वापिङ प्रविधि भित्र्याएको हो ।
ब्याट्री स्वापिङ प्रविधिमा गागोरोले इलेक्ट्रिक स्कुटरको ब्याट्री स्वाप गर्न जम्मा ६ सेकेण्डमात्र लाग्ने प्रविधि भित्र्याएको गोगोरो नेपालका प्रतिनिधि चिरञ्जिवी शाहले बताउनु भयो । उहाँले काठमाडौंका ब्याट्री स्वापिङ स्टेसनहरु काठमाडौंका ४५ वटा स्थानमा स्थापना गरिसकेको बताउनु भयो । उहाँले काठमाडौं उपत्यकाबाट शुरुवात गरिएको प्रविधि बिस्तारै देशका अन्य शहरहरुमा समेत विस्तार गरिने बताउनु भयो । उहाँले गा्रहकले डिस्चार्ज भएको ब्याट्री घरमा चार्ज गर्दा ६ देखि ८ घण्टा लाग्ने भएको कारण सहजता लागि उक्त प्रविधि सञ्चालनमा ल्याइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो काठमाडौं उपत्यकाबाट हामीले शुरु गरिराखेका छौं । काठमाडौंको दुई तीन किलोमिटर कभर हुने गरेर ४५ वटा ठाउँमा पेट्रोलको स्टेसनको लोकेसनको आधारमा हाम्रो ब्याट्री स्वापिङ स्टेसनहरु छन् । तपाईले आफ्नो डिस्चार्ज भएको ब्याट्री स्टेसनमा राख्नुभयो भने पूरा चार्ज भएको ब्याट्री तपाईले ६ सेकेण्डमा पाउन सक्नुहुन्छ । यहाँ क्यास पेमेन्टहरु गर्नुपर्दैन । डिस्चार्ज भएको ब्याट्रीबाट फुल चार्ज पाउने प्रोसेस तपाईले ६ सेकेन्ड चाँही ब्याट्री आउन लाग्छ । स्कुटर रोकिएर फेरि जाँदासम्म एक मिनेटभित्रमा तपाईले तपाईले आफ्नो सबै प्रक्रिया सम्पन्न गर्न सक्नुहुन्छ । आजभोलिको ग्राहकहरुले घरमा चार्ज गर्दाखेरि ६ देखि ८ घण्टा लाग्छ । पेट्रोलपम्पमा समेत क्यास तिर्न र लाइन बस्न लामो समय लाग्छ । आजको जमानामा मान्छेलाई फास्ट र प्रभावकारी समाधान चाहिएको छ । जुन चाहीँ ब्याट्री स्वापिङ टेक्नोलोजीबाट मात्र सम्भव छ ।’
नेपालमा पेट्रोल स्टेशनहरू जत्तिकै ब्याट्री स्वापिङ स्टेशनहरू स्थापना गर्ने गोगोरोको योजना रहेको समेत उहाँले बताउनु भयो ।