
काठमाडौँ । । काठमाडौंमा आज राजतन्त्रवादी र समाजवादी मोर्चाले फरक—फरक प्रदर्शन गर्दैछन् ।
दिउँसोबाट काठमाडौंको तीनकुनेमा राजावादीहरुले र भृकुटीमण्डपमा समाजवादी मोर्चाले प्रदर्शन गर्न लागेका हुन् ।
मोर्चाले पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको बिच सडकमा मञ्च तयार गरेका छन् । बिच सडकमा मञ्च तयार गरिएको कारण टुँडिखेल घुम्ने सवारी साधनलाई त्रिपुरेश्वरबाट डाइभर्ट गरिएको छ ।
यस्तै, न्यु प्लाजाबाट पद्मोदयतर्फ जाने सवारीलाई रोक लगाइएको छ भने प्रदर्शन स्थलतर्फ जान खोज्ने सवारी साधनलाई जय नेपाल हल र बागबजारबाट डाइभर्ट गरिएको छ । प्रहरीले माइतीघर, कुपण्डोल र सोह्रखुट्टे क्षेत्रमा पनि सवारी डाइभर्सन गर्ने तयारी गरेको छ ।
यस्तै, राजावादीकोे तीनकुनेस्थित खुल्ला चौरमा हुने सभाको कारण सिनामंगल र कोटेश्वरबाट गाडीहरुलाई बागमती करिडोरतर्फबाट डाइभर्ट गरिएको छ ।
कोटेश्वर चोकमा प्रदर्शनको कारण सड्क अवरुद्ध नभएसम्म सवारी चल्न दिइने र त्यसपछि मात्रै डाइभर्ट गरिने टा्रफिक प्रहरीको योजना छ ।