• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने ★   व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत ★   चलायमान बन्दै ठमेल र दरबारमार्गका व्यवसाय ★   ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी ★   कति छ रोहित शर्मा र विराट कोहलीको सम्पत्ति ? ★   उद्योगमन्त्री भण्डारीद्वारा प्रमुख सचेतकहरुसँग छलफल ★   फ्रान्स र बेल्जियम भिड्दै

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन (भिडियो सहित)



काठमाडौं । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । 

बुधवार माईतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागि भएका अमीर तामाङले उहाँले चीन आवत जावत गर्ने केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्नुभयो । उहाँले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताउनु भयो ।

आन्दोलनकर्मी तामाङले भन्नुभयो, केरुङ, खासा नाकाहरु खुल्ला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’
आन्दोलनकर्मीहरुले नेपाल चाइना नाका खुल्ला गर्, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर् लगायतका नारा लगाएका थिए ।