२ श्रावण २०८३, शनिबार
,
Latest
गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी लागूऔषधसहित २२ जना पक्राउ घुँगी खोज्न गएकाको डुबेर मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनसँग जोडिएका नाका खुल्ला गर्न माग गर्दै प्रदर्शन (भिडियो सहित)



अ+ अ-

काठमाडौं । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । 

बुधवार माईतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयहरुले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । आन्दोलनमा सहभागि भएका अमीर तामाङले उहाँले चीन आवत जावत गर्ने केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्नुभयो । उहाँले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताउनु भयो ।

आन्दोलनकर्मी तामाङले भन्नुभयो, केरुङ, खासा नाकाहरु खुल्ला गरिनुपर्छ । हुम्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन । त्यसमा चीन सरकारले हेर्नुपर्छ ।’
आन्दोलनकर्मीहरुले नेपाल चाइना नाका खुल्ला गर्, विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर् लगायतका नारा लगाएका थिए ।