२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रोएसिया युक्रेनको सेनामा सहभागी हुनेछैन : राष्ट्रपति



अ+ अ-

जाग्रेब। क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिचले बिहीबार उहाँको मुलुकका सैनिकहरू युक्रेनमा तीन वर्षभन्दा लामो युद्ध अन्त्य गर्न लक्षित युरोपेली बलहरूको कुनै तैनाथीमा सहभागी नहुने वाचा गर्नुभएको छ ।

रुससँगको सम्भावित युद्धविरामअघि युक्रेनी सुरक्षा बढाउन फ्रान्सले युरोपेली नेताहरू र युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको शिखर सम्मेलनको आयोजना गरिरहेको बेला उहाँको यस्तो टिप्पणी आएको हो ।

क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिचले उक्त बैठकमा भाग लिनुभएको थियो । बैठकले तथाकथित ‘इच्छुकहरूको गठबन्धन’ द्वारा सैन्य बलको सम्भावित तैनाथीसहित युरोपले के सुरक्षा ग्यारेन्टीहरू दिन सक्छ भनेर निर्धारण गर्न खोजिरहेको छ ।

एउटा क्रोएसियाली सैनिक कुनै पनि व्यवस्थामा युक्रेन जाने छैन, यो पूर्णतः असम्भव छ”, जनवरीमा निर्विरोध दोस्रो कार्यकालमा निर्वाचित मिलानोभिचले फेसबुकमा भन्नुभयो, “क्रोएसियाली सेना कुनै मिसनमा जाने छैन र यसको एउटा कारण के हो भने यो मिसन क्रोएसियासँग वा बिना कहिल्यै हुनेछैन, किनभने यस मिसनका लागि प्राथमिक सर्तहरू पूरा गरिएको छैन–शान्ति सम्झौता र अर्को पक्षको सहमति, जुन दुर्भाग्यवश रुस हो ।

मिलानोभिच सैन्य सहायता र युक्रेनी सैनिकहरूलाई तालिम दिने क्रोएसियाको योजनाका लागि बारम्बार आलोचक रहनुभएको छ । नाटो र युरोपेली सङ्घ (इयु) को सदस्य भएको हैसियतले क्रोएसियाले रूसको आक्रमणविरुद्ध युक्रेनलाई सहायता गर्न सैन्य हेलिकोप्टर लगायत करोडौँ युरो सहयोग गरेको छ ।

सीमित अधिकार भए पनि राष्ट्रपतिले क्रोएसियाली सशस्त्र सेनाको सर्वोच्च कमान्डर र विदेश नीतिमा आफ्नो राय राख्ने गर्नुहुन्छ । मिलानोभिचका राजनीतिक विरोधीहरूले बारम्बार उहाँलाई ‘रूसपक्षीय’ दृष्टिकोण राख्ने तथा नाटो र इयुमा क्रोएसियाको विश्वसनीयतालाई कमजोर पारेको आरोप लगाएका छन् ।

तर ३८ लाख जनसङ्ख्या भएको यस मुलुकमा सर्वेक्षणअनुसार सबैभन्दा लोकप्रिय राजनेता मिलानोभिचले उहाँको मुख्य काम क्रोएसियाको हितको संरक्षण हो भन्ने बारम्बार तर्क गर्नुभएको छ । रासस/एएफपी