२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियातर्फ व्यापार केन्द्रित गर्दै ‘कीर्तिमान’ आर्कटिक शिपिङको रूसद्वारा प्रशंसा



अ+ अ-

एजेन्सी: रूसले आफ्नो उत्तरी समुद्री मार्गमार्फत ‘कीर्तिमान’ माल ढुवानीको मात्रा हासिल गरेको छ । यसले युरोप र एसिया बीचको यात्रा समय कम गर्छ र आर्कटिक बर्फ पग्लँदै गएपछि युक्रेनमाथि लगाइएको प्रतिबन्धका कारण मस्कोलाई व्यापार पुनः निर्देशित गर्न मद्दत गर्दछ ।

मस्कोको युक्रेन आक्रमण सुरु गर्नुअघि राष्ट्रपति भ्लादिमिर पुटिनले आर्कटिक मार्गको प्रयोगलाई प्राथमिकता दिनुभएको थियो । यसमा रुसले आठवटा आणविक आइसब्रेकरहरूको फ्लीट विकास गरेको थियो ।

रूसी राष्ट्रपति पुटिनले बिहीबार उत्तरी रूसी बन्दरगाह मुरमान्स्कमा आर्कटिक विकासको मञ्चमा यस विषयमा सम्बोधन गर्नुहुनेछ । जलवायु परिवर्तनले पहिले बर्फले छोपिएका समुद्री मार्गहरू खुला हुँदै गएपछि आर्कटिक संसाधनहरूका लागि प्रतिस्पर्धा तीव्र भएको छ । मस्कोले उत्तरी समुद्री मार्गमा ठूलो लगानी गरेको छ ।

यो मार्गले माल ढुवानी गर्ने जहाजहरूको यात्रा समय सुएज क्यानलमार्फत जाँदा भन्दा १५ दिन कम गर्छ तर यसले धेरै लजिष्टिक समस्याहरूको सामना गर्नुपरेको छ ।

रूसको रोसाटोम आणविक एजेन्सीका आर्कटिक विकासका विशेष प्रतिनिधि भ्लादिमिर पानोभले बुधबार यस मार्गले सन् २०२४ मा यातायातको ‘नयाँ कीर्तिमान’ देखेको बताउनुभयो ।

“हामीले उत्तरी समुद्री मार्गका लागि नयाँ कीर्तिमानका साथ सन् २०२४ समाप्त गर्‍यौँ । हामीले तीन करोड ७९ लाख टन (माल) ढुवानी गरेका छौँ”, पानोभले भन्नुभयो ।

उहाँले मस्कोले ‘गृष्म र शरद ऋतुमा ढुवानीकर्ताहरूलाई आफ्नो मालहरू एसियाको बाटो हुँदै पुनः निर्देशित गरेको’ देखेको बताउनुभयो ।जलवायु परिवर्तनले रूसका आणविक आइसब्रेकरहरूलाई कहिलेकाहीँ कठिनाइका साथ आफ्नो पूर्वी तटका पूरै क्षेत्रमा जान दिएको छ ।

पछिल्लो दुई वर्षदेखि पहिलो पटक हामीले उत्तरी समुद्री मार्गका जलक्षेत्रमा आइसब्रेकरहरूको वर्षभरि सञ्चालन गर्न सुरु गर्‍यौँ”, पानोभले भन्नुभयो । आर्कटिक संसाधनका लागि विश्वव्यापी प्रतिस्पर्धा तीव्र भएको छ र यो पश्चिमसँग रूस असहमत रहेको अर्को क्षेत्र हो ।

रुसको विदेश मन्त्रालयका अधिकारी भ्लादिस्लाभ मास्लेनिकोभले पश्चिममा ‘उत्तेजक’ आर्कटिक नीति रहेको आरोप लगाउनुभयो । वातावरण संरक्षण र जलवायु परिवर्तनसँग लड्ने आडमा हामी वास्तविक रूपमा अनुचित प्रतिस्पर्धामा चलिरहेको प्रयासहरू देखिरहेका छौँ”, उहाँले भन्नुभयो ।

तर उच्च महत्त्वाकांक्षालाई बेवास्ता गर्दा मस्कोले अझै पनि मार्गमा लजिस्टिक समस्याहरूको शृङ्खलाको सामना गरिरहेको छ, जसबाट यसबाट गुज्रने माल रूसले अपेक्षा गरेको भन्दा धेरै कम हुँदै गएको छ । तीन करोड ७९ लाख टन अझै पनि क्रेमलिनको लक्ष्यभन्दा धेरै पछाडि छ ।

सन् २०१८ मा आर्कटिकका लागि महत्त्वाकांक्षी योजनाहरू खोल्दै पुटिनले सन् २०२४ सम्ममा उत्तरी समुद्री मार्गमार्फत वार्षिक आठ करोड टन पास हुने आशा गर्नुभएको थियो । रासस/एएफपी