१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

कोरोनाबाट मृत्यु भएकामध्ये धेरैजसो दीर्घरोगी

कोरोनाबाट मृत्यु भएकामध्ये धेरैजसो दीर्घरोगी
अ अ+ अ-

काठमाडौँ । कोभिड–१९ ले मृत्यु हुनेमा कुनै न कुनै दीर्घरोग (कमोरबिडिटी) भएकाको संख्या बढी छ । कोरोना विशेष लक्षणबाट मृत्यु हुनेको संख्या न्यून छ । पहिलो पटक गत जेठ ४ मा सिन्धुपाल्चोककी ३९ वर्षीया महिलाको कोरोनाले निधन भएको थियो । त्यसयता आइतबार दुईसहित ७५ जनाको मृत्यु भइसकेको छ । यो संख्या जम्मा संक्रमित (२२ हजार ९ सय ७२ जना) को ०.३ प्रतिशत हो । मृत्यु हुनेमा १६ जना (२१.३३ प्रतिशत) महिला र ५९ जना (७८.६६ प्रतिशत) पुरुष छन् । जसमा दुई भारतीय पुरुष र एक चिनियाँ महिला छन् । दुई बालक र एक बालिकाको समेत कोरोनाले मृत्यु भएको छ ।

‘बढी उमेर भएका व्यक्तिमा संक्रमण र मृत्युदर बढ्दै गएको छ, यो चिन्ताको विषय हो,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । उनका अनुसार ज्येष्ठ नागरिकमा मृत्यु बढी देखिए पनि सबै उमेर समूहमा कोभिड जटिलताको जोखिम छ । कोरोनाको अनुसन्धान गरिरहेका जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले मृत्यु भएकामध्ये ५७.३ प्रतिशत (३३ पुरुष र १० महिला) मा एक वा त्योभन्दा बढी दीर्घरोग देखिएको बताए ।

घरबाहिर बढी निस्किने उमेर समूहको व्यक्तिबाट हुन सक्ने संक्रमणको जोखिममा ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै डा. अधिकारीले भने, ‘ज्येष्ठ नागरिकलाई संक्रमणबाट जोगाउनु परिवार, समाज, आफन्तको दायित्व हो, नत्र यो वर्गमा कोरोनाले मृत्युलगायत जटिल स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।’ हालसम्म सबैभन्दा कम उमेरअन्तर्गत ४९ दिने बालक र सबैभन्दा बढी ८५ वर्षीया महिला र पुरुषको कोभिडले मृत्यु भएको छ । गण्डकी प्रदेशका ४९ दिने बालकको असार १७ गते त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो भने पर्साकी ८५ वर्षीया महिलाको साउन ७ गते र काठमाडौंका ८५ वर्षीय पुरुषको असार १९ गते मृत्यु भएको थियो । कोरोनाले ज्यान गुमाउनेमध्ये १६ जना (२१.३ प्रतिशत) विदेशबाट आएका हुन् । जसमा भारतबाट आएका १३ तथा कतार, चीन र मलेसियाबाट आएका एक–एक जना छन् ।

आधाभन्दा बढीले आफूलाई संक्रमण भएको थाहै नपाई मृत्युवरण गरेको पाइएको छ । ४३ जना (५७.३ प्रतिशत)को मृत्युपछि पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । ‘पाँच जना (६.७ प्रतिशत) को मृत्यु एक अस्पतालबाट अर्कोमा सार्दासार्दै बाटोमै भएको हो,’ डा. बीसीले भने, ‘२० जनाको मृत्यु आईसीयू–भेन्टिलेटरमा भएको हो ।’ आइतबारसम्म देशभर कोरोना संक्रमित ७३ जना आईसीयू र एक जना भेन्टिलेटरमा छन् ।

कोरोनाले प्रदेश–२ मा सबैभन्दा बढी ३२ जनाको मृत्यु भएको छ । उक्त प्रदेशको पर्सामा मात्रै १८ जनाको ज्यान गइसकेको छ । दोस्रोमा प्रदेश ५ छ । त्यहाँ १० जनाको मृत्यु भएको छ । सबैजसो जिल्लामा संक्रमण देखिए पनि कोरोनाबाट मृत्यु हुनेहरू भने ३२ जिल्लाका छन् । कान्तिपुर दैनिक