१० श्रावण २०८३, आईतवार
,
Latest
वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरूले जनतालाई नारा होइन, कार्यक्रम दिनुपर्छ- भानुभक्त जोशी



अ+ अ-

कैलाली। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का उपाध्यक्ष भानुभक्त जोशीले राजनीतिक दलहरूले जनतालाई नारा नभइ कार्यक्रम दिनुपर्ने धारणा राख्नुभएको भएको छ ।

पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको सन्दर्भमा प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “युवा दिनानुदिन विदेसिएका छन् । देशमै रोजगारी कसरी उपलब्ध गराउन सकिन्छ, युवा पलायनलाई कसरी रोक्न सकिन्छ भन्नेमा सबै राजनीतिक दलले ध्यान दिन आवश्यक छ ।”

पूर्वमन्त्रीसमेत रहनुभएका जोशीले भन्नुभयो, “विकास निर्माण, बाटोघाटो, सडक, खानेपानी, पुलपुलेसा, सञ्चारलगायत विषयमा प्रगति भएको छ तर पनि जनतामा बेरोजगारी, सुशासनलगायत विषय निराशाजनक छ । सबै दल मिलेर यसको समाधानतर्फ लाग्नुपर्छ ।”

सत्ता र प्रतिपक्षको बीचमा समन्वय गरेर युवामा आएको निराशा चिर्न देशव्यापी रूपमा लाग्नुपर्ने बेला आएको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन यही चैत १७ र १८ गते धनगढीमा हुने जानकारी दिनुभयो । रासस