१ श्रावण २०८३, शुक्रबार
,
Latest
साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल रासायनिक मलको अभावबारे सांसदहरूको सरकारलाई प्रश्न : ‘गोदाममा मल छ भने किसानले किन पाएनन् ?’ मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता वृद्धि गर्न सरकार सकारात्मक जनकपुरका अतिक्रमित पोखरी र डिल ७ दिन भित्र खाली गर्न निर्देशन आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु नियमावली संशोधनका लागि शैक्षिक परामर्श व्यवसायीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारबाट उद्धार गरिएका चार नेपाली थाइल्याण्ड हुँदै नेपाल फर्काइए



अ+ अ-

काठमाडौं। अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावास बैंककले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै थाइल्याण्ड ल्याएको छ।

सोही क्रममा उद्धार गरिएका चार जना नेपाली पुरुषहरुलाई आज नेपाल फर्काइएको छ।

नेपाली राजदूतावास बैंककले नेपाल सरकारको तोकिएको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश रोजगारमा जान तथा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका देशहरूमा अवैधानिक रूपमा नजान पुन: आग्रह गरेको छ।

यसका साथै, राजदूतावासले आमसञ्चार माध्यम, नागरिक समाज तथा सरोकारवाला सबैलाई यस सन्देशलाई व्यापक रूपमा प्रचार-प्रसार गरी नेपाली नागरिकलाई सचेत बनाउन अनुरोध गरेको छ।