१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.59

Wind: 1.54

Humidity: 59

Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारबाट उद्धार गरिएका चार नेपाली थाइल्याण्ड हुँदै नेपाल फर्काइए



अ+ अ-

काठमाडौं। अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएका नेपाली नागरिकहरुलाई नेपाली राजदूतावास बैंककले थाइल्याण्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस, मेसोट हुँदै थाइल्याण्ड ल्याएको छ।

सोही क्रममा उद्धार गरिएका चार जना नेपाली पुरुषहरुलाई आज नेपाल फर्काइएको छ।

नेपाली राजदूतावास बैंककले नेपाल सरकारको तोकिएको मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्र विदेश रोजगारमा जान तथा छिटो र धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका देशहरूमा अवैधानिक रूपमा नजान पुन: आग्रह गरेको छ।

यसका साथै, राजदूतावासले आमसञ्चार माध्यम, नागरिक समाज तथा सरोकारवाला सबैलाई यस सन्देशलाई व्यापक रूपमा प्रचार-प्रसार गरी नेपाली नागरिकलाई सचेत बनाउन अनुरोध गरेको छ।