१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

प्रधानमन्त्री ओली र ‘प्रचण्ड’ बीच चिसिएको सम्बन्ध

प्रधानमन्त्री ओली र  ‘प्रचण्ड’ बीच चिसिएको सम्बन्ध
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्बन्ध चिसिएको छ । पार्टीभित्रको जारी आन्तरिक विवाद समाधान गर्न हुँदै आएको वार्तासमेत दुई अध्यक्षको बीचमा हुन सकेको छैन । केही दिनअघि ओलीविरुद्ध अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विधिअनुसार बहुमतको आधारमा निर्णय गरेर अगाडि बढ्ने चेतावनी दिएपछि सोही दिनका लागि तय भएको ओली–प्रचण्ड वार्ता स्थगित भएको थियो । बिहीबारका लागि वार्ता तय भए पनि चार नेताको गठबन्धनप्रति असन्तुष्टि जनाउँदै वार्ता स्थगित गरेका थिए ।

दुई अध्यक्षबीच पुनः वार्ता गराउन नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, जनार्दन शर्मालगायतका नेता लागे पनि दुवै अध्यक्षले आ–आफ्नो अडान राख्दा सम्भव हुन नसकेको एक नेताले बताए । डेढ महिनाअघिबाट शुरु भएको विवाद अझै समाधान हुन सकेको छैन । विवाद समाधानको लागि ओली र प्रचण्डबीच भएको दर्जनभन्दा बढी वार्तामा पनि सहमतिको विन्दु फेला पर्न सकिरहेको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले जारी विवाद पदको लडाइँ भएको आरोप लगाउँदै आउनुभएको छ भने प्रचण्डसहितका शीर्ष नेताहरुले पार्टीलाई विधि र पद्दतीमा अगाडि बढाउने संघर्ष भएको दाबी गर्दै आएका छन् । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छ भने ओलीले दुवै पदबाट राजीनामा नदिने अडान राख्दा जारी विवादको समाधान हुन सकेको छैन ।

दुवै पक्षले आ–आफ्नो अडान राखेपछि ओलीको मनासायअनुसार नै उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे सहमतिको खाका अगाडि ल्याए पनि पार्टीभित्र छलफल हुन सकेको छैन । जारी विवादको समाधान दुई अध्यक्षबाट हुन नसकेपछि प्रचण्डले जारी स्थायी समिति बैठक तत्काल राखेर निकास दिनुपर्ने अडानमा रहनुभएको छ भने अध्यक्ष ओलीले स्थायी समिति बैठक नभई सचिवालयबाटै निकास खोज्नुपर्ने अडानमा रहनुभएको छ । स्थायी समिति बैठक बोलाउने कि सचिवालय बैठक बोलाउने भन्ने विषयमा अध्यक्षद्वयबीच कुरा मिल्न सकेको छैन । उपाध्यक्ष गौतमको साथ पाउने विश्वासको साथ ओलीले आफ्नो पक्षमा बहुमत हुने भएकाले सचिवालय बैठकबाटै निकास दिनुपर्ने अडान पछिल्लो समय राख्दै आएका छन्।

उपाध्यक्ष गौतमले अगाडि सारेको छ बुँदे सहमतिको खाकामा अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने र प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी दिने उल्लेख गरिएको छ । तर पछिल्लो चरण वरिष्ठ नेताद्वय खनाल र नेपालसँग मिलेर आफ्नोविरुद्ध मोर्चाबन्दी गरेको भन्दै ओलीले प्रचण्डलाई कार्यकारी अधिकार पनि दिन अस्वीकार गरे पनि विवाद गहिरिँदै गएको छ । जारी विवादमा सहमति जुट्न नसकेपछि ओलीले बालुवाटारमा र प्रचण्डले खुमलटारमा आ–आफ्नो रणनीति बनाउने काममा जुटेका छन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जारी विवाद पद प्राप्तिका लागि मात्र नभई पार्टीलाई विधि र पद्दतीमा अगाडि बढाउन भएको बताए । उनले नेपाल भने– ‘पार्टीलाई थप सदृढ एकता बनाएर अगाडि बढाउनका लागि अहिले विवाद देखिएको हो, पार्टीको निर्णय नै अन्तिम सत्य हो, पार्टीले गरेको निर्णय मानेर अगाडि बढ्नुको विकल्प छैन ।’

पार्टी विभाजन नगर्न ६१ सांसदको अपिल
पार्टीभित्रको आन्तरिक विवादले पार्टी फुट्ने दिशामा गएको भन्दै नेकपाका सांसदहरूले एकता जोगाउन अपिल गरेका छन् । ६१ सांसदले हस्ताक्षरसहित पार्टीलाई विग्रहको बाटोमा जानबाट रोक्न मुख्य नेतृत्वलाई अपिल गरेका हुन् । आइतबार दिउँसो तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन नगर्न आग्रह गरिएको छ । ठूलो पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक भएको बताउँदै सांसद श्यामकुमार श्रेष्ठले आफूहरु कहीँकतै नजाने भएकाले हस्ताक्षर गरेको बताए ।

सांसद तथा नेकपा केन्द्रीय कमिटी सदस्य रामकुमारी झाँक्रीले पछिल्लो समय नेकपाभित्र केही असामान्य परिस्थिति सिर्जना हुँदा छलफलका लागि बैठक बस्ने वातावरण पनि नबन्नु विडम्बना भएको बताए ।

शीर्ष नेताका अभिव्यक्ति र गतिविधिका कारण जनता र कार्यकर्तामै पार्टीप्रति वितृष्णा जागेको एकताका पक्षधर सांसदको निष्कर्ष रहेको छ । अपिलमा समाजवादी अर्थतन्त्र निर्माण गर्ने बाटोमा जानुपर्ने बेला एकता पूरा नहुँदै विग्रहतर्फ जान लागेकाले शीर्ष नेतालाई गम्भीर भएर सोच्न आग्रह गरिएको छ । नेपाल समाचारपत्र दैनिक