• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

प्रम देउवाको पुनः पीसीआर परीक्षण हुने



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पुनः पीसीआर परीक्षण गर्नुहुने भएको छ । 

सोमबार प्रधानमन्त्री देउवासहित सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षा अधिकारीको पीसीआर परिक्षण गरिएको थियो । 

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि प्रधान मन्त्री निवासमा कार्यरत भान्से र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको बिहीबार पुनः पीसीआर परिक्षण गरिने भएको हो । 

कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधान मन्त्रीले बिहीबार पुनः पीसीआर परिक्षण गराउने बताइएको छ ।