१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday
Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीएम योगी आदित्यनाथको कथामा फिल्म



अ+ अ-

एजेन्सी । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको बायोपिकको फर्स्ट लुक सार्वजनिक भएको छ ।

सिनेमेटिक्सले ‘अजेयाः द अनटोल्ड स्टोरी अफ अ योगी’ को पहिलो लुक सार्वजनिक गरेको छ ।

यो मोशन पोस्टरले योगी आदित्यनाथको परिवर्तनशील जीवनको झलक प्रदान गर्दछ, उनको आध्यात्मिक र राजनीतिक मार्गलाई आकार दिने फैसलालाई पनि दर्शाउँछ ।

फिल्मले योगी आदित्यनाथको प्रारम्भिक वर्षहरू, नाथपंथी योगी बन्ने उनको निर्णय र उत्तर प्रदेशको सामाजिक–राजनीतिक परिदृश्य परिवर्तन गर्ने नेताको रूपमा उनको विकासलाई देखाउनेछ ।

सम्राट सिनेमेटिक्सको ब्यानरमा रितु मेंगीले निर्माण गरेको फिल्मलाई रविन्द्र गौतमले निर्देशन गरेका हुन् । यो फिल्म शान्तनु गुप्ताको सर्वाधिक बिक्रित पुस्तक ‘द मोंक हु बिकम चीफ मिनिस्टर’बाट प्रेरित रहेको छ । चलचित्रमा नाटक, भावना, एक्सन र त्यागको उत्कृष्ट मिश्रण देख्न सकिनेछ ।

चलचित्रमा अनन्त जोशीले योगी आदित्यनाथको भूमिका निर्वाह गरेका छन् भने परेश रावल, दिनेश लाल यादव ‘निरहुआ’, अजय मेंगी, पवन मल्होत्रा, राजेश खट्टर र गरिमा सिंहको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

यो फिल्म यसै वर्ष हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम भाषामा रिलिज हुनेछ, यद्यपि यसको रिलिज मिति भने खुलाइएको छैन ।