
सुनसरी । इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।
इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
प्लाजामा बिहान साढे ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउनको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।
उक्त प्लाजामा अझै केही व्यक्ति फसेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।