२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेन्टर प्लाजामा फसेका पाँच जनाको सकुशल उद्धार



अ+ अ-

सुनसरी । इटहरीमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

इटहरी उपमहानरपालिका-६स्थित सेन्टर प्लाजामा भएको आगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्लाजामा बिहान साढे ९ बजेदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । आगो निभाउनको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीयसमेत खटिएका छन् ।

उक्त प्लाजामा अझै केही व्यक्ति फसेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।