१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

कुलमान बर्खास्तीबारे माओवादीः विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल

कुलमान बर्खास्तीबारे माओवादीः विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारले नेपाल विद्युत प्राधिकरणलाई विचौलियाको हातमा सुम्पिनको लागि कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको आरोप लगाएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकको सुरुमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने भएको आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकार स्वार्थ समूहको पृृष्ठपोषण र वैशाखीमा निर्माण भएकै कारण विचौलियाको हित र रक्षाको निम्ति समर्पित भएको समेत टिप्पणी गर्नुभयो । सरकारले आफ्नो दुई तिहाईको सामथ्र्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न प्रदर्शन गरिराखेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘सरकार स्वार्थ समूहहरुको पृष्ठपोषण र बैसाखीमा निर्मित भएको कारणले स्वार्थ समूह र विचौलियाहरुको हित र रक्षाको निम्ति आफूलाई समर्पित गर्नु सरकारको नियत र नियति बनिरहेको छ । लोकतन्त्रमा संख्या महत्वपूर्ण कुरा हो । तर संख्याका पहाडहरु जनचाहानाका सामु गल्र्याम्गुर्लम ढलेका इतिहासहरु र अनुभवहरु हाम्रै वरिपरि छन् । सरकारले यसतर्फ ध्यान दिइराखेको छैन । यतिबेला सरकारले आफ्नो दुई तिहाईको सामथ्र्य एक राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्न, अपमानित गर्न र एउटा सार्वजनिक संस्थामाथि आफ्नो सामथ्र्य प्रदशन गरिराखेको छ । सभामुख महोदय स्पष्टिकरणको नौटंकी कुलमान घिसिङको बर्खास्ती वक्यौता उठाउन नदिने, जलमाफियाहरुको स्वार्थ पूरा गर्ने, विद्युत प्राधिकरणलाई विचौलियाहरुको हातमा सुम्पिने खेल हो भन्ने कुरा आम जनताले बुझेका छन् । र आम जनता यस विषयमा स्पष्ट छन् ।’

सरकार एकपछि अर्को विवादित निर्णय गर्दै आफ्नो औचित्य गुमाउँदै गइरहेको उहाँको आरोप छ । उहाँले कुलमानलाई हटाइएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ नदिएसम्म सदन चल्न नदिने घोषणा गर्दै आफ्नो अभिव्यक्ति टुंग्याउनु भयो ।