१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा काभ्रेपलाञ्चोकमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ बाढीपीडितका लागि रेडक्रस तनहुँद्वारा एक लाख बढी सहयोग भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ राहत र पूर्वाधार सामग्री बोकेको चिनियाँ विमान काठमाडौ आईपुग्यो एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन सोमबार सम्म कुलमानको प्रयास



फाइल फोटो
अ+ अ-

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउन सोमबारसम्म प्रयास गर्नुभएको थियो ।

घिसिङले सोमबार विद्युत् निमयन आयोगलाई पत्र पठाउदै उद्योगमा बिजुली कटौती गरेर भए पनि बक्यौता असुल गर्नुपर्ने भन्दै सहमति माग्नु भएको थियो ।

पत्रमा महसुल नबुझाउने उद्योग व्यवसायीहरु विद्युत् लाइन काटि निर्बाधरुपमा बक्यौता महसुल असुल उपर गर्न मार्गप्रशस्त गरिदिनु हुन अनुरोध गरिएको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले घिसिङलाई कार्यकारी निर्देशक बाट बर्खास्त गर्दे हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो।