१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.76

Wind: 1.03

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी विकास निर्माणका काम गर्नुपर्ने बताउनुभएको छ ।

नगर विकास कोषले आज यहाँ आयोजना गरेको ‘सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन’ कार्यशालामा उहाँले त्यसका लागि सङ्घीयतालाई बलियो बनाउन सङ्घ र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाको भौतिक पूर्वाधार विकासमा उपयुक्त कार्यक्रमका विषयमा छलफल गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सहरीकरणका लागि हाल देखिएको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

कार्यक्रममा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस क्रममा जनप्रतिनिधिहरूले हाल भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे धारणा राखेका थिए ।रासस