७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी



अ+ अ-

काठमाडौं । बोआओ फोरम फर दक्षिण एसियाको सन् २०२५ को सम्मेलन दक्षिण चीनको हाइनान प्रान्तमा आजदेखि सुरु भएको छ । चीनको अग्रसरतामा सन् २००१ मा स्थापित यो फोरममा सन् २००६ मा अष्ट्रेलिया थपिएको थियो । अहिले यो फोरमा २८ देश सदस्य रहेका छन् ।

चीनले आयोजना गर्ने यस डिप्लोम्याटिक फोरममा एसियाका विभिन्न क्षेत्र र विषयहरुका बारेमा छलफल हुने गर्दछ । यस बर्ष सो फोरमको थिम “परिवर्तनशील विश्वमा एशियाः साझा भविष्यतर्फ” भन्ने रहेको छ । यसै विषयवस्तुमा आधारित यो वर्षको बोआओ फोरम फर एसिया वार्षिक सम्मेलन आजदेखि यही २८ मार्चसम्म सञ्चालन हुनेछ ।

यस वर्षको उक्त सम्मेलनमा ६० भन्दा बढी देश र क्षेत्रबाट करिब दुई हजार जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् । उक्त फोरममा नेपालका तर्फबाट चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली सहभागी हुनुभएको छ ।

सो फोरममा नेपाल सदैव सहभागी हुने गरेको छ । नेपालबाट सो फोरममा प्रायः मन्त्रीस्तरीय सहभागिता हुने गरेको छ । यसबर्ष पनि परराष्ट्र मन्त्रालयलाई निमन्त्रणा आएकामा मन्त्रालयले चीनका लागि नेपाली राजदूत डा ओलीलाई सहभागी बनाएको हो ।