१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.73

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्षभित्र समस्या समाधान हुने बताउनुभएको छ ।

भूमि समस्या सामाधान आयोग कैलालीले आज धनगढीमा आयोजना गरेको आयोगका कामसम्बन्धी स्थानीय तहका पदाधिकारीहरूका लागि अभिमुखीकरणमा उहाँले प्रदेश सरकारलाई भूमिसम्बन्धी अधिकारप्राप्त भएमा यहाँका भूमिसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहले एकैठाउँमा अधिकार भएका कारण समस्या भएको उल्लेख गर्दै सङ्घीय सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयतासँग जोडिएका कानुन तत्काल बन्नुपर्ने र त्यसो भएमा प्रदेश सरकारलाई विविध समस्या समाधान गर्न सहज हुने बताउनुभयो । रासस