२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसाईंसराईको डरलाग्दो तथ्यांक, पहाड छोड्ने धेरै



अ+ अ-

काठमाडौँ । मुलुकमा बसाईंसराईको क्रम नरोकिएको खण्डमा पुख्र्यौली थाँतथलो सहाराविहिन ज्येष्ठ नागरिकको मात्रै बसोवास रहने तथ्यांकले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलवार सार्वजनिक गरेको नेपालमा आन्तरिक बसाईंसराई प्रतिवेदनले उक्त डरलाग्दो स्थिति देखाएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालभित्र आफ्नो मूलथलो छोडी बसाईं सर्नेको अनुपात २९.२ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी एवं प्रवक्ता ढुण्डरीराज लामिछानेले बताउनु भयो ।

उहाँले सबैभन्दा बढी स्थायी आन्तिरक बसाईंसराई गर्ने जनसंख्या पहाडमा रहेको बताउनु भयो । उहाँकाअनुसार पहाडबाट विगत १० वर्षको अवधिमा ३२ प्रतिशत नागरिकहरु सरेका छन् भने तराईबाट २८.९ प्रतिशत नागरिक बसाईं सरी अन्यत्र गएका छन् । हिमाली क्षेत्रबाट १३.८ प्रतिशत नागरिक बसाइँ सरेको उहाँले बताउनु भयो ।

उहाँले बसाईं सरेकामध्ये २५.९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहले गर्दा बसाईं सरेका तथा १९ प्रतिशत नागरिक कामको अवसरको कारण बसाईं सरी गएको जानकारी दिनुभयो । यद्यपि नेपालमा आश्रित जनसंख्याभन्दा काम गर्ने जनसंख्या अधिक अनुपातमा रहेको उहाँको भनाइ छ । उहाँले मुलुकमा सक्रिय उमेर समूह अर्थात काम गर्नसक्ने उमेरसमूहको जनसंख्या ६५.२ प्रतिशत रहेको उल्लेख गर्नुभयो । प्रतिवेदन सार्वजनिक गर्दै उहाँले १५ वर्षमुनिका र ६५ वर्षमाथिको जनसंख्या क्रमशः २७.८ र ६.९ प्रतिशत रहेको बताउनु भयो ।

उहाँले अन्यत्रको तुलनामा तराई क्षेत्रमा जनसंख्या वृद्धिदर उच्च रहेको जानकारी दिँदै यही अनुपातमा जनसंख्या वृद्धि भएको अवस्थामा तराईले थेग्न नसक्ने बताउनु भयो । समग्र मुलुकको प्रजनन दरमा समेत कमी हुँदै जाने तथ्यांकले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालय मंगलवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय जनगणना २०७८ का पाँच वटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको हो । ग्रामिण क्षेत्रको कोरा जन्मदर १५.७ छ भने शहरी क्षेत्रको १३.६ रहेको छ ।