१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजानुपर्छ – गृहमन्त्री

परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म लैजानुपर्छ – गृहमन्त्री
अ अ+ अ-

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको छ । 

बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै गृहमन्त्री खाँणले नेपालको परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको हो । नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भएपनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँले बताउनुभयो । नेपाली पुर्खाहरुले लगाएको गहनाहरुको उपयोगिता तथा ऐतिहासिकताको अध्ययन गर्दै सो अनुरुपको गहना बनाइ विदेशी मुलुकमा पठाउनतर्फ ध्यान दिन उहाँले व्यवसायीहरुलाई आग्रह गर्नुभयो । गहना निर्यातले नेपालको अन्तर्राष्ट्रिय महत्व बढ्न सक्ने उहाँले धारणा राख्नुभयो । 

उहाँले भन्नुभयो – ‘सुनचाँदीको हकमा त्यस्तो खालको सुन नै चिज चाहीँ उत्खनन् गर्न नसकिएतापनि केही उत्पादन हुनसक्ने सम्भावना रहेको र आयातमा हामी भर पर्नु प¥या कारणले ‘र’ सुनलाई नेपाल भित्रायौँ भनेपनि नेपाल बाहिर गहनाको रुपमा हामीले उत्पादन गरेर पठाउन सक्यौँ, निर्माण गरेर हाम्रो परम्परागत गहनाहरु छन् । त्यसका आफ्नै मौलिकताहरु छन् । समाजको विकाससँग त्यो समाजको अध्ययन, अन्वेषणका लागि पनि त्यो गहनाको धेरै ठुलो महत्व देखिन्छ । पुरातात्विक महत्व पनि छ । त्यसकारणले अहिले हामीसँग भएका गहनाहरुलाई पनि अन्तर्राष्ट्रिय बजारमा कसरी पु¥याउने ? कम्तिमा पनि गहना व्यवसायीहरुले हाम्रा बज्यैहरुले लगाएका गहना त्यसको उपयोगिता के छ, त्यसको ऐतिहासिकता के छ, फर्केर त्यहाँ पुग्दाखेरी त्यसको अन्तर्राष्ट्रिय महत्व हुन्छ कि, अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई जोड पुर्याउँछकि त्यतापट्टी पनि तपाईहरुले गर्नुहोला, सरकारले पनि त्यतापट्टी ध्यान दिन्छ ।’

गृहमन्त्री खाँणले नेपालमै गहना निर्माण गर्नाले रोजगारी बढ्ने बताउनुभयो । यसका साथै कच्चा सुन किन्दा विदेशी भुमिमा पुगेको पैसा गहना विक्रि गरेसँगै नेपाल फर्किने पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – ‘नेपाली कालिगढहरुलाई सिकायो भने नेपालभित्र रोजगारी पनि बढ्यो । नेपाली गहनाले अन्तर्राष्ट्रिय बजार पायो भनेपनि त्यसले मद्धत पु¥याउँछ । विदेशमा गहना निर्यात गर्न सक्यौँ भने विदेशी पैसा नेपालमा फर्केर पनि आउँछ । त्यतापट्टी ध्यान दिनुस् । विधि अनुकुल तपाईहरु अगाडी बढ्नुस् ।’

उहाँले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने बताउनुभयो ।