१२ असार २०८३, शुक्रबार
,
Latest
इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

३० अंकले घट्यो नेप्से



अ+ अ-

काठमाडौं । सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता शेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से घटेपनि बुधबार  कारोबार रकम भने ८ अर्ब नाघेको छ ।

नेप्से परिसूचकको १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा लगानी उपसमूहको परिसूचक सबैभन्दा बढी  ३.१३ प्रतिशत बढेको छ । त्यस्तै, व्यापार उपसमूहको ०.६५ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.०९ प्रतिशत बढेको छ ।

अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ । त्यस्तै, निर्जीवन बीमा, होटल तथा पर्यटन, वित्त र विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से परिसूचक घटे पनि ४ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्य भोटेकोशीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हा े। त्यस्तै, मञ्चकन्या माइ हाइड्रोपावर र सामलिङ्ग पावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । तर, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरको शेयरमूल्य  घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल बङ्गलादेश बैंकको २८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । एचआईडिसीएलको २७ करोड, अपि पावरको २४ करोड र अपर तामाकोशीको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।