काठमाडौँ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आवश्यकता अनुसार कफयू आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारलाई अधिकार दिएको छ । आज साझ बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लाको अबस्था हेरी आबश्यकता परे निषेधाज्ञा जारी गर्न अनुमति दिएको हो ।
बैठकले संक्रमण रोग नियन्त्रणसम्बन्धी ऐन २०२० को प्रयोग गरी आवश्यकताका आधारमा निषाधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरुलाई नै दिने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ ।
बैठकले लामो दुरीको यातायात तथा आन्तरिक बाह्य उडान पनि अर्को निर्णय नुहदा सम्म भन्दै भदौ १५ गते सम्मका लागि स्थगित गर्ने निणय गरेको छ । बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर, सीसीएमसीको सिफारिसअनुसार १ भदौबाट खुला गर्ने भनिएको क्षेत्रहरु लाई १५ दिन पनि सुचारु गर्न दिने निर्णय गरेको हो ।
बैठकले विद्यालय भर्ना गर्न दिएको अनुमति लाई पनि भदौ १५ गते सम्म स्थगित गरेको छ । मन्त्री परिषद्को् बैठकले भारत संगको सीमामा थप कडाई गर्दे १० बटा नााकाबाट मात्र प्रबेश दिने निर्णय गरेको छ । हाल २० वटा नाका बाट प्रबेश गर्ने अनुमति दिईदै आईएको छ । यसैगरी दैनिक रुपमा सीमामा वार पार गर्ने कार्यलाई पनि पूर्ण रुपमा नियन्त्रण गर्नसुरक्षा निकायलाई निर्देशन दिएको छ ।











