१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको विरोधमा नारा डिस्प्ले भएपछि भरतपुर वितरण केन्द्रका प्रमुखमाथि कुटपिट



अ+ अ-

चितवन । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि आक्रमण भएको छ ।

आज बिहान १० बजेतिर अज्ञात समूह कार्यकक्षभित्र प्रवेश गरी प्रमुख श्रेष्ठमाथि आक्रमण गरेका हुन् ।

अज्ञात ३५/४० जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरी कार्यलय समेत तोडफोड गरेको भन्दै कर्मचारीहरुले हस्ताक्षरसहितको विरोध विज्ञप्ति जारी गरेका छन् । घटनाको निन्दा गर्दै उनीहरुले सत्य तथ्य छानबिन गर्न माग गरेका छन् ।

भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा हिजो मध्यान्न करिब एक घन्टाभन्दा लामो समयसम्म प्रधानमन्त्रीको विरोधमा आपत्तिजनक शब्दसहितको नारा डिस्प्ले भएको थियो ।

आज बिहान करिब १० बजे यो विषयमा विरोध जनाउन एमालेका युवाहरु विद्युत कार्यालयमा ध्यानाकर्षण पत्र लिएर गएका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले डिस्प्लेमा देखिएको नाराका विषयमा भरतपुर वितरण केन्द्रलाई स्पष्टीकरण सोधिएको बताएका छन् । उनले त्यसबारे अनुसन्धान भइरहेको बताए ।

यसबारेमा प्रमुख श्रेष्ठले भने कार्यालय समयमा पासवर्ड ह्याक गरेर प्रधानमन्त्री लक्षित कन्टेन्ट हालिएको दाबी गरेका छन् ।

 




भर्खरै