२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाईदैन’ भन्दै माइतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको विरोधमा युवाहरूले प्रदर्शन गरेका छन् ।

मंगलबार माइतीघर मण्डलामा ‘उज्यालो नेपाल जिन्दावाद’, ‘कुलमान घिसिङ जिन्दावाद’ लगायतका नारासहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘लोडसेडिङ चाहिदैन, कुलमान हटाउन पाईदैन’, ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ’, ‘हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता प्ले कार्डसहित सरकारको विरोध गरेका हुन् । यस्तै, उनीहरुले सरकार र उर्जामन्त्रीको विपक्षमा समेत नारा लगाएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।