५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रेमडिसिभिर’ दर्तामा औषधि व्यवस्था विभागको ढिलासुस्ती



अ+ अ-

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । ‘रेमडिसिभिर’ नामक औषधि दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले नेपाल भित्रिएर कालोबजारी हुने देखिएको छ । परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ । रेमडिसिभिर नामक औषधि दर्ता हुन सके परभाइल ७ हजार रुपैयाँसम्म आयात गर्न सकिने आयातकर्ता बताउँछन् ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडिए०ले कोभिड–१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधिको उत्पादन नेपालमा हुँदैन । विभागले दर्ता गर्न आनाकानी गर्दा नेपाली बजारमै कालोबजारी बढ्ने देखिएको छ । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि स्पष्ट कानुन नहुँदा समस्या देखिएको बताए । उनले भने, ‘आपतकालीन प्रयोग गर्न कार्यविधि बनेको छ । स्वीकृत भएपछि समस्याको हल निस्किन्छ । छिटोभन्दा छिटो प्रक्रियामा ल्याएर अगाडि लैजानुपर्छ ।’

केही दिनअघि कोरोना संक्रमण देखिएका डा. ज्ञानेन्द्रमान सिंह कार्कीका लागि ‘रेमडिसिभिर’ औषधि नभई नहुने भएपछि कोलकाताबाट मगाइएको थियो । औषधि सल्लाहकार समितिको बैठक बसेको वखत अनुमोदन हुने गरी विभागले निर्धारण गरेको कार्यविधिअनुसार कोभिड–१९ मा प्रयोग हुने रेमडिसिभिर र फेभिपिरेभिर औषधिको आपतकालीन प्रयोगका लागि सिफारिस प्रदान गर्न विभागलाई निर्देशन दिन स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिएको थियो । स्वास्थ्य मन्त्रालयले ‘रेमडिसिभिर’ औषधिको आपतकालीन प्रयोगको अख्तियार सम्बन्धमा औषधि व्यवस्था विभागलाई पत्र पठाएको थियो । पत्रमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयमा गठित हेल्थ टेक्नोलोजी एस्सेसमेन्ट कमिटीको गत ६ साउनको बैठकको सिफारिसबमोजिम रेमडिसिभिर कोभिड–१९ को उपचारका लागि आपतकालीन प्रयोगका लागि प्रक्रिया अघि बढाउन १४ साउनको निर्णयअनुसार जानकारीका लागि अनुरोध छ ।’

नेपाल चिकित्सक संघले समेत नेपाल मेडिकल माउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधि, इन्जेक्सन, रेमडिसिभिरलगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर र अक्सिजन वृद्धि गर्न सरकारलाई अनुरोध गरेको थियो । चिकित्सकका अनुसार कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसियूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ । नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज (एनआइएआइडी)का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका १ हजार ६३ कोरोना संक्रमितमा गरिएको अध्ययनमा अन्य औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको जनाएको छ । यो परीक्षणलाई ‘एडप्टेड कोभिड–१९ ट्रिटमेन्ट ट्रायल’ (एसिटिटी) नाम दिइएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको आग्रहमा रेमडिसिभिरलगायत अन्य तीन किसिमका औषधिको वैशाखमै तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुने निर्णय गरेको थियो । राजधानी दैनिक