१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

‘रेमडिसिभिर’ दर्तामा औषधि व्यवस्था विभागको ढिलासुस्ती

‘रेमडिसिभिर’ दर्तामा औषधि व्यवस्था विभागको ढिलासुस्ती
अ अ+ अ-

काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको ‘रेमडिसिभिर’ नामक औषधि दर्ता प्रक्रियामा आलटाल गर्दा सो औषधि अवैध तरिकाले नेपाल भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले ‘रेमडिसिभिर’ नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन् । पटके सिफारिसबाट पनि औषधि आयात गर्न सकिने व्यवस्था छ । ‘रेमडिसिभिर’ नामक औषधि दर्ता गर्न औषधि व्यवस्था विभागले आलटाल गर्दा गैरकानुनी तरिकाले नेपाल भित्रिएर कालोबजारी हुने देखिएको छ । परभाइल ४० देखि ५० हजार रुपैयाँसम्म किन्नुपर्ने बाध्यता छ । रेमडिसिभिर नामक औषधि दर्ता हुन सके परभाइल ७ हजार रुपैयाँसम्म आयात गर्न सकिने आयातकर्ता बताउँछन् ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन ९एफडिए०ले कोभिड–१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ । प्रभावकारी मानिएको यो औषधिको उत्पादन नेपालमा हुँदैन । विभागले दर्ता गर्न आनाकानी गर्दा नेपाली बजारमै कालोबजारी बढ्ने देखिएको छ । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीका अनुसार आपतकालीन प्रयोगका लागि स्पष्ट कानुन नहुँदा समस्या देखिएको बताए । उनले भने, ‘आपतकालीन प्रयोग गर्न कार्यविधि बनेको छ । स्वीकृत भएपछि समस्याको हल निस्किन्छ । छिटोभन्दा छिटो प्रक्रियामा ल्याएर अगाडि लैजानुपर्छ ।’

केही दिनअघि कोरोना संक्रमण देखिएका डा. ज्ञानेन्द्रमान सिंह कार्कीका लागि ‘रेमडिसिभिर’ औषधि नभई नहुने भएपछि कोलकाताबाट मगाइएको थियो । औषधि सल्लाहकार समितिको बैठक बसेको वखत अनुमोदन हुने गरी विभागले निर्धारण गरेको कार्यविधिअनुसार कोभिड–१९ मा प्रयोग हुने रेमडिसिभिर र फेभिपिरेभिर औषधिको आपतकालीन प्रयोगका लागि सिफारिस प्रदान गर्न विभागलाई निर्देशन दिन स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिएको थियो । स्वास्थ्य मन्त्रालयले ‘रेमडिसिभिर’ औषधिको आपतकालीन प्रयोगको अख्तियार सम्बन्धमा औषधि व्यवस्था विभागलाई पत्र पठाएको थियो । पत्रमा भनिएको छ, ‘स्वास्थ्य मन्त्रालयमा गठित हेल्थ टेक्नोलोजी एस्सेसमेन्ट कमिटीको गत ६ साउनको बैठकको सिफारिसबमोजिम रेमडिसिभिर कोभिड–१९ को उपचारका लागि आपतकालीन प्रयोगका लागि प्रक्रिया अघि बढाउन १४ साउनको निर्णयअनुसार जानकारीका लागि अनुरोध छ ।’

नेपाल चिकित्सक संघले समेत नेपाल मेडिकल माउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधि, इन्जेक्सन, रेमडिसिभिरलगायतका कोभिड उपचारमा आवश्यक पर्ने भेन्टिलेटर र अक्सिजन वृद्धि गर्न सरकारलाई अनुरोध गरेको थियो । चिकित्सकका अनुसार कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आइसियूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ । नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिज (एनआइएआइडी)का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका १ हजार ६३ कोरोना संक्रमितमा गरिएको अध्ययनमा अन्य औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको जनाएको छ । यो परीक्षणलाई ‘एडप्टेड कोभिड–१९ ट्रिटमेन्ट ट्रायल’ (एसिटिटी) नाम दिइएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विश्व स्वास्थ्य संगठनको आग्रहमा रेमडिसिभिरलगायत अन्य तीन किसिमका औषधिको वैशाखमै तेस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागी हुने निर्णय गरेको थियो । राजधानी दैनिक