२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमान पदमुक्त भएपछि विद्युत प्राधिकरण बाहिर सुरक्षा तैनाथी बढाइयो



अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गरिएपछि प्राधिकरणबाहिर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घिसिङलाई हटाएको विरोधमा विभिन्न संगठनहरु आन्दोलनमा उत्रिने भएपछि सम्भावित घटनालाई मध्यनजर गर्दै विद्युत् प्राधिकरणको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

प्राधिकरणबाहिर ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु खटिएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो । सरकारले घिसिङमाथि गरेको कारबाहीप्रति चौतर्फी विरोध भइरहेको छ ।