
पोखरा । पोखराको पृथ्वीनारायण (पीएन ) क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
स्ववियू अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै विजयी भएका छन् । उनी दोब्बर भन्दा बढी मतान्तरले विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् भने स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाईन् ।
यस्तै, सचिवमा अनेरास्ववियुका विराट दुवाडी र कोषाध्यक्षमा सन्दिका गुरुङ निर्वाचित भएका छन् । दुवाडीले १४१३ र गुरुङले १३०४ मत पाएका छन् ।