१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको पीएन क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी



अ+ अ-

पोखरा । पोखराको पृथ्वीनारायण (पीएन ) क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

स्ववियू अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै विजयी भएका छन् । उनी दोब्बर भन्दा बढी मतान्तरले विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् भने स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाईन् ।

यस्तै, सचिवमा अनेरास्ववियुका विराट दुवाडी र कोषाध्यक्षमा सन्दिका गुरुङ निर्वाचित भएका छन् । दुवाडीले १४१३ र गुरुङले १३०४ मत पाएका छन् ।