१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

नजिकको भारतीय बजार आवतजावत गर्दा एउटै गाउँमा ४२ सङ्क्रमित भेटिए

नजिकको भारतीय बजार आवतजावत गर्दा एउटै गाउँमा ४२ सङ्क्रमित भेटिए
अ अ+ अ-

सप्तरी । भारतसँग सीमा जोडिएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियामा मात्र ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ । नजिकको भारतीय बजार कुनौलीमा आवतजावत गरेका कारण लौनियामा यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको हो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पछिल्लोपटक थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएपछि लौनियामा सङ्क्रमितको सङ्ख्या ४२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

तिलाठी कोइलाडी गाउँपालिका भरिमा भने १२ महिलासहित ८८ सङ्क्रमित छन् । सप्तरी जिल्लामा सङ्क्रमितको सङ्ख्या ६७ महिलासहित ५७६ पुगेको छ । सप्तरी जिल्लामै सबभन्दा बढी सङ्क्रमित भएको स्थानीय तहमा तिलाठी कोइलाडी दोस्रो स्थानमा छ । तिलाठी कोइलाडीमा भएका सङ्क्रमितको आधा सङ्ख्या लौनियामै छन् । लौनियाका पान पसले, चिया पसले, कपाल काटने ठाकुरसहित २५ जना सर्वसाधारणको साउन १८ गते एकै दिन सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि लौनियामा समुदायस्तरमै स्वाब सङ्कलन परीक्षण गरिएको थियो ।

विषसेवनपछि गम्भीर अवस्था भएका लौनियाका ५० वर्षीय एक व्यक्तिलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचार भएको थियो । उपचारकै क्रममा उनमा साउन ९ गते कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रयाकिङ र ट्रेसिङ गर्दै जाँदा उनको परिवारका पाँच जना, सम्पर्कमा आएका पुरुष र उनको उपचारमा सङ्लग्न तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको थियो । खुला सिमानाका कारण भारतको कुनौली बजारमा लुकिछिपी आवतजावत गर्नेहरूका कारण गाउँ आक्रान्त बनेको भन्दै गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले अवस्था नियन्त्रण गर्न कुनौली नाकामा भइरहेको आवतजावतलाई रोकिएको बताए । समुदायमा सङ्क्रमण देखिएको लौनिया गाउँमा कोभिड–१९ को सङ्क्रमणबाट जोगिन र जोगाउन माइकिङ गरिएको छ । गाउँमा चिया, नास्ता र मदिरालगायतका पसलहरू सञ्चालनमा रोक लगाइएको छ । टाँसिएको भारतको विहार कुनौली आवतजावत गर्न रोक लगाउँदै प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

सो गाउँपालिकाको वडा नं. २ का वडाध्यक्ष खगेन्द्र मण्डलका अनुसार साबुन पानीले हाथ धुने, बिना कामले घरबाहिर ननिस्किने, सामाजिक दूरी बनाएर मात्र काम गर्ने, किराना पसल दिनको २ बजेदेखि ४ बजेसम्म मात्र खोल्ने, औषधि पसल चौबिसै घण्टा खोल्ने र मास्क लगाउने कार्य उल्लङ्घन गर्नेलाई भौतिक वा आर्थिक कारबाही गरिनेलगायतका निर्णयहरू गरिएको छ । सङ्क्रमितको बढ्दो सङ्ख्यालाई ध्यानमा राखेर तिलाठी कोइलाडी गाउँपालिकाले एक सय शय्याको आइसोलेसन केन्द्र पनि सञ्चालनमा ल्याएको छ । हाल यो आइसोलेसन केन्द्रमा ८३ जना सङ्क्रमित छन् । गोरखापत्र दैिनक