१ श्रावण २०८३, शुक्रबार
,
Latest
नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल रासायनिक मलको अभावबारे सांसदहरूको सरकारलाई प्रश्न : ‘गोदाममा मल छ भने किसानले किन पाएनन् ?’ मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल सांसदका स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता वृद्धि गर्न सरकार सकारात्मक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री रोजगार कार्यक्रमः नमोबुद्धमा तालिम



अ+ अ-

काभ्रेपलाञ्चोक।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ कार्यक्रम सञ्चालन भएको छ ।

अभियानअन्तर्गत पहिलो चरणमा नगरका ४० जना युवायुवतीलाई समेटेर ५० दिने प्लम्बिङ र डकर्मी तालिमको व्यवस्था भएको हो ।प्रधानमन्त्री रोजगार कार्यक्रमको युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत सशर्त अनुदान शीर्षकमा विनियोजित कार्यस्थलमा आधारित सीप विकास तालिम सञ्चालन गरिएको नमोबुद्ध नगरपालिकाका रोजगार संयोजक अमृत खनालले बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्दै आएको उक्त कार्यक्रममा नगरक्षेत्रमा बसोबास गर्ने १८ देखि ५९ वर्ष उमेर समूह, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, वडा समिति, स्थानीय निर्देशक समिति तथा अन्य सरोकारवालाको सहभागितामा उक्त नगरका ११ वटै वडामा अभिमुखीकरण आयोजना गरिएको थियो । त्यसअघि नगरभित्रका विभिन्न वडामा साझेदारीमा वडागत योजनामार्फत ६५ बेरोजगारलाई एक सय दिनको रोजगारी दिइएको थियो । रासस