१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उनान्सय जनाको निःशुल्क आँखा शल्यक्रिया



अ+ अ-

खोटाङ। नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९९ जनाको शल्यक्रिया गरिएको छ ।

शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाकी ९१ वर्षीया देवीसरा राईसहित ९९ जनाको आँखाको शल्यक्रिया गरिएको हो । उक्त शिविरमा ७१२ जनाको आँखा जाँच, पाँच सय ७० जनालाई औषधि वितरण, २०२ ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो ।

“१० स्थानीय तह रहेको जिल्लामा एक हजार पाँच सय ४२ जना व्यक्तिमा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ”, उहाँले भन्नुभयो । जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी सुरु गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविर यही चैत–४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ जना ज्येष्ठ नागरिकलाई निःशुल्क पावरसहितको चस्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।

सङ्घले यही चैत–१४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यसवर्षको शिविरमा करिब दुई हजार एक सय जना आँखाका बिरामीले सेवा लिने अनुमान आयोजकको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लाहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको व्यवस्थापनमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको हो ।