५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु, कुल मृतकको संख्या ८० पुग्यो



symbolic picture
अ+ अ-

जनकपुरधाम । जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड–१९ संयोजक डा. जामुन सिंहका अनुसार जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । 

उनको १८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको तर गएराति मात्रै मृत्यु भएको थियो । उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिए ।

उनको शव व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।