१६ असार २०८३, मंगलवार
,
Latest
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु) सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटोको ढिस्कोमा पुरिएर २० वर्षिय युवाको मृत्यु



अ+ अ-

डोल्पा । हिमाली जिल्ला डोल्पामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ रसीका २० वर्षीय दीपक बुढा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

वर्षाको समयमा घरको छत चुहिने भएकाले त्यसमा राख्ने माटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर बुढाको मृत्यु भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

दुई जना पुरिएको खबर प्राप्त हुनेबित्तिकै प्रहरी चौकी त्रिपुराकोटबाट प्रहरी खटाइएको थियो भने प्रहरी र स्थानीय मिलेर शव निकालिएको थियो । मृतक बुढासँगै जानुभएका अर्का ३९ वर्षीय कर्णबहादुर बोहोरा घाइते भएका छन् । उनको दायाँ खुट्टामा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।