८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ: मन्त्री गुरुङ

आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अघि बढिरहेको छ: मन्त्री गुरुङ
अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धामा उभ्याउन आवश्यक नीतिगत सुधारका लागि सरकार निरन्तर अगाडि बढिरहेको बताउनुभएको छ ।

आज यहाँ ‘आठौँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’को समापन समारोहमा उहाँले पूर्वाधार विकास, प्रविधि विस्तार र निजी क्षेत्रसँग सहकार्य गर्ने नीतिमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्री गुरुङले चलचित्र विकास बोर्डमार्फत चलचित्र क्षेत्रको विकासका लागि मन्त्रालयले पछिल्लो छ महिनामा विभिन्न महत्वपूर्ण पहल अघि सारेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“विसं २०२६ को चलचित्र ऐनलाई वर्तमान समयको आवश्यकता र चुनौतीसँग मेल खाने गरी समसामयिक संशोधन र एकीकरण गरी नयाँ ऐन निर्माणको काम अघि बढाइएको  छ । नयाँ बन्ने ऐनले चलचित्र उद्योगलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने दिशामा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिएको छु ।

मन्त्री गुरुङले  चलचित्र प्रदर्शनलाई व्यवस्थित गर्न बक्सअफिस प्रणालीलाई पारदर्शी रूपमा कार्यान्वयन गर्न केही महिनाभित्रै निर्माताहरूले चलचित्रको व्यापारिक रिपोर्ट आफ्नै मोबाइल वा कम्प्युटरमा पाउने बताउनुभयो । “चलचित्र क्षेत्रलाई प्रविधिसँग एकीकृत गर्दै निर्माण अनुमतिदेखि सेन्सरसम्मका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत सहज र पारदर्शी रूपमा उपलब्ध गराउने तयारी भइरहेको छ किनकि नेपाली चलचित्र हाम्रो कला, सस्कृति र राष्ट्रिय पहिचानको अभिन्न हिस्सा बनिसकेको छ”, उहाँले भन्नुभयो ।

मन्त्री गुरुङले समाजको दर्पण, संस्कृतिको संवाहक र आर्थिक सामाजिक समृद्धिको आधारका रूपमा रहेको चलचित्र क्षेत्रको दिगो विकासका लागि नीतिगत संरचना, लगानीमैत्री वातावरण र पूर्वाधार विकासमा अपेक्षित सहयोग पु¥याउन सरकार सधैं प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा यही चैत ७ गतेदेखि सुरु भएको महोत्सवमा चलचित्र प्रदर्शनीसँगै कार्यशाला, अन्तरक्रियालगायत कार्यक्रम भएका थिए ।