२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद बैठकः गभर्नर सिफारिस गर्न समिति गठन



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो ।

सिफारिस समितिमा पूर्व गभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल रहेका छन् । एकजना मन्त्रीले दिएको जानकारी अनुसार आजको बैठकमा प्रधानमन्त्रीजीले समितिको संयोजकमा अर्थमन्त्रीलाई तोकेका र सोही बैठकबाट थप दुई जनालाई सदस्य राखिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ सकिन लागेकाले सरकारले नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया अगाडि बढाएको हो ।