२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
Latest
तीनकुने घटनाबारे राज्य व्यवस्था समितिको शुक्रवारको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिने पूर्वराजा शाहमा संवेदनशीलता देखिएनः विश्वप्रकाश शर्मा विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा शिक्षकहरुको प्रदर्शन रास्वपाले चितवनबाट ‘जनयात्रा’ को शुभारम्भ गर्दै ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट महिला निर्देशकको द्वन्द्व प्रधान चलचित्र ‘पीताम्बर’ रवीन्द्र र धवलसहित ४१ जनालाई म्याद थपका लागि अदालत लगिँदै तीन दिनमै हलबाट उत्रिन लाग्यो सलमानको ‘सिकन्दर’ नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता मुस्ताङमा च्याङ्ग्रा जोनः ७८ फार्म सूचीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोपुल क्षेत्रमा अतिक्रमण गरी बनाइएका सात संरचना भत्काइए



अ+ अ-

काठमाडौँ। काठमाठौँ महानगरपालिका–७ कालो पुलमा रहेको गुठी संस्थान मातहतका जग्गा अतिक्रमण गरेर बनाइएका सात टहरा भत्काइएका छन् ।

आज उक्त स्थानमा अवैध रूपमा निर्माण गरिएका सात संरचना भत्काइएका र अन्य तीन संरचना भत्काउन बाँकी रहेका महानगर प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालले जानकारी दिनुभयो । उक्त संरचना भत्काउने क्रममा डोजरमाथि ढुङ्गा मुडा गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको पनि उहाँले बताउनुभयो । उक्त स्थानमा विगत ४० वर्षदेखि बसोबास गरी विभिन्न व्यवसाय सञ्चालन भइरहेका छन् ।

नेपाल प्रहरी, वडा नं ७ का वडाध्यक्ष, स्थानीयबासीको रोहवरमा गुठी संस्थान र महानगरको सहकार्यमा अतिक्रमित संरचना भत्काइएका हुन् । गुठी संस्थानले कामपालाई संरचना भत्काउन सहयोग मागेको जनाइएको छ । रासस