१ श्रावण २०८३, शुक्रबार
,
Latest
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ नेपाल टेलिकमको हराएको सिम अनलाइनबाटै पुनःप्राप्त गर्न सकिने कुखुराजन्य उत्पादनको खपत बढ्न थाल्यो टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल रासायनिक मलको अभावबारे सांसदहरूको सरकारलाई प्रश्न : ‘गोदाममा मल छ भने किसानले किन पाएनन् ?’ मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौतीः साल्ट ट्रेडिङ मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइनः मन्त्री चौधरी रासायनिक मल आपूर्तिमा ठूला सप्लायरको अनिच्छा, झन्झटिलो ढुवानी प्रक्रिया मुख्य चुनौतीः प्रवन्ध सञ्चालक पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातोसको नाट्यकृति ‘मेषीदण्ड’ लोकार्पण



अ+ अ-

काठमाडौँ। कवि तथा नाटककार गिलु रातोसको नाट्यकृति मेषीदण्ड लोकार्पण गरिएको छ। मण्डला थिएटर नेपालद्वारा प्रकाशित उक्त कृति आज यहाँ आयोजित कार्यक्रममा कवि श्रवण मुकारुङ, लेखक तथा अभियन्ता अनुभव अजित, रैथाने सङ्गीतका अनुसन्धाता झुमा लिम्बू र लेखक गिलु रातोसले संयुक्त रूपमा लोकार्पण गर्नुभएको हो ।

मण्डला थिएटरमा जारी ‘नेपाल अन्तरराष्ट्रिय नाटक महोत्सव–२०२५’ को अवसरमा उक्त कृति लोकार्पण गरिएको थियो । कृतिबारे टिप्पणी गर्दै कवि  मुकारुङले मेषीदण्ड नाटक काल्पनिक मात्र हुन्छ भन्ने भाष्यलाई चिर्दै कलाको माध्यमबाट सत्य बोल्ने इतिहासको दस्ताबेजका रूपमा आएको बताउनुभयो । “मेषीदण्ड कृतिको रूपमा प्रकाशित भएपछि अब यसलाई जोकोही निर्देशकले निर्देशन गर्ने बाटो खुलेको छ”, उहाँले भन्नुभयो, “अहिलेको पुस्ताले लेखेको अब्बल नाट्यकृति हो यो ।

यसैगरी लेखक तथा अभियन्ता अजितले पुस्तकबारे समीक्षा गर्दै नाटकमा उल्लेखित राज्यले गर्ने विभेदविरुद्ध एकीकृत आन्दोलनको आवश्यकता औँल्याउनुभयो । उहाँले समाजमा हुने विभेदविरुद्ध यस्ता कृति एकीकृत रूपमा निरन्तर लेखिइरहनुपर्ने धारणा राख्नुभयो ।

रैथाने सङ्गीतका अनुसन्धाता लिम्बूले नाटकले समाजलाई भाषा र सङ्गीतको माध्यमबाट जोडेको रोचक पक्षबारे चर्चा गर्नुभयो । मेषीदण्ड नाटक गत साउनमा मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको थियो । अनिल सुब्बाले निर्देशन गर्नुभएको उक्त नाटकलाई मण्डला थिएटरले कृतिको रूपमा प्रकाशन गरेको हो ।रासस