५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सचिवालयः जसपाले प्रधानमन्त्रीमाथि प्रयोग गरेको भाषा खेदजनक



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रयोग गरेको भाषा र शैली अशिष्ट र पूर्वाग्रही भएको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले खेद प्रकट गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै जसपाले प्रयोग गरेको भाषा शैलीलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापनको संज्ञा दिएका छन् ।

जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठकपछि आइतबार जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको आरोप लगाइएको छ ।

जनता समाजवादी पार्टीले आइतबार जारी गरेको विज्ञप्ति यस्तो छ हेर्नुहोस्:

प्रधानमन्त्रीको तर्फबाट जारी प्रेस नोटमा ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोचको दिवालियापन नै हो’, भनिएको छ ।