११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको सचिवालयः जसपाले प्रधानमन्त्रीमाथि प्रयोग गरेको भाषा खेदजनक



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रयोग गरेको भाषा र शैली अशिष्ट र पूर्वाग्रही भएको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले खेद प्रकट गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार एक प्रेस नोट जारी गर्दै जसपाले प्रयोग गरेको भाषा शैलीलाई कुण्ठाग्रस्त गालीगलोज र दिवालियापनको संज्ञा दिएका छन् ।

जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठकपछि आइतबार जारी गरेको विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको आरोप लगाइएको छ ।

जनता समाजवादी पार्टीले आइतबार जारी गरेको विज्ञप्ति यस्तो छ हेर्नुहोस्:

प्रधानमन्त्रीको तर्फबाट जारी प्रेस नोटमा ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौज मात्र हो र सोचको दिवालियापन नै हो’, भनिएको छ ।