५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँपमा ‘अफइयर’ : पुराना बोट फुलेनन्, नयाँमा ढकमक्क



अ+ अ-

महोत्तरी। अधिकांश फलफूल एक वर्ष फलेपछि अर्को वर्ष कम फल्छ । कतिपय बोटमा त फूल नै फुल्दैन । यसरी एकवर्ष फलेर अर्को वर्ष नफल्ने यामलाई अङ्ग्रेजीमा ‘अफइयर’ भनिन्छ ।

यसवर्ष आँपका लागि अफइयर हो । तर अफइयरको प्रभाव पुराना बोटमा मात्र देखिएको छ । पाँच/छ वर्षका आँपका रुख मज्जाले फुलेका छन् । भङ्गाहा–४ रामनगरकी शान्तिदेवी साहका बारीमा आँप फुलेर बोटै ढाकेका छन् । बगैँचाका पुराना रुखमा फूल नफुले पनि नयाँ बोटमा पातै नदेखिने गरी फूल फुलेपछि साह आँप फल्ने आशामा हुनुहुन्छ ।

“यसवर्ष वरपर आँप खासै फूलेका छैनन् तर हाम्रोमा त फूलले पातै देखिँदैन”, साहले भन्नुभयो, “यो फूल २५ प्रतिशत मात्र टिक्यो भने पनि नयाँ रुखले फल थेग्न सक्दैन ।” साहले भने जस्तै जिल्लाका सबै भेगमा यसवर्ष पुराना बोटमा फुल कम फुलेको छ ।

जिल्लाको गौशाला, बर्दिवास, मटिहानी, पिपरा र मनराशिशवासहितका स्थानीय तह आँप उत्पादनका उर्बर क्षेत्र मानिन्छन् । सबैतिर पुराना रुखमा अफइयरको असर देखिए पनि नयाँ रुखमा फूल फुलेको गौशाला–१० का अरुण कुशवाहाले बताउनुभयो । “पुराना रुखमा त कमै फूल फुलेको छ, तर नयाँ रुखमा मज्जाले फुलेको छ”, उहाँले भन्नुभयो ।

यसवर्ष आँपलाई प्रतिकूल मौसम रहेको किसान बताउँछन् । पानी नपरी हिउँदयाम बित्नु सबैभन्दा ठूलो समस्या छ ।  गतवर्ष राम्रो फलेको आँप यसवर्ष कम फुलेको फलफूल विज्ञ बताउँछन् । “यो सामान्यतया अरु फलमा पनि हुन्छ, आँप, लिचीसहितका फलमा बढी देखिन्छ”, बागबानी विज्ञका रुपमा काम गरी सरकारी सेवाबाट निवृत्त हुनुभएका भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्नुहुन्छ, “खासगरी स्थानीय जातका पुराना रुखमा यो असर हुन्छ ।’’ अफइयर सामान्यतया तेस्रो वर्षमा हुने उहाँको भनाइ छ । यसअघिका दुई वर्ष आँप निकै फलेका थिए ।

यसवर्ष पनि आँपका बोट मज्जाले फूल फुलेपछि बर्दिवास–९ पशुपतिनगरका किसान रामविनोद महतोलाई सन्तोष मिलेको छ । अब चैत/वैशाखको असिना र हुरीवतासमा जोगिए आँपबाट राम्रो कमाइ हुने महतोको आशा छ ।

अन्नबालीसहितका अरु फसल फेरिफेरि लगाए जस्तै फलफूल पनि १०/१५ वर्षमा ठाउँ फेरेर नयाँ बिरुवा लगाउँदै गए उत्पादन भइरहने फलफूल विज्ञ भुजेल बताउनुहुन्छ । कम फुलेको आँपलाई यसवर्ष मधुवा (मज्जरमा लाग्ने डढुवा रोग) को प्रकोप छ । मधुवाको प्रकोप पानी नपरेर बढेको किसान बताउँछन् । जिल्लामा पाँच÷छ वर्षयताका नयाँको तुलनामा पुराना रुख बढी हुँदा आँप कम उत्पादन हुने अनुमान गरिएको छ ।

“हिउँदे वर्षा नहुँदा आँप, लिची, रुखकटहरमा फूल फुल्न सकेन, अहिले आँपका फूलमा देखिएको मधुवा पनि पानी नपरेरै बढेको हो”, औरही–७ का ७० वर्षीय मोहन महतोले भन्नुभयो, “राम्रो वर्षा भएर रुखका पात, हाँगा सबै पखालिएर जरामा राम्रो चिस्यान भएमा अरु रोग कम लाग्छ ।”

जिल्लामा पछिल्लो एक दशकयता फुलफूल खेती बढ्दो छ । कृषि कार्यमा जनशक्ति पाउन छाडेपछि किसानले फलफूल खेती बढाएका हुन् । १० वर्षअघि पाँच हजार हेक्टरभन्दा कम क्षेत्रफलमा भएको फलफूल खेती वृद्धि हुँदै हाल १० हजार हेक्टर नाघेको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत राजकिशोर यादव बताउनुहुन्छ ।

महोत्तरी आँप बढी उत्पादन हुने जिल्लामध्येको एक हो । मधेसको मुख्य फल र फलको राजा भनिने आँप कम फुलेपछि यसवर्ष आँपको मूल्य बढ्ने अनुमान गरिएको छ । रासस