१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 3.09

Humidity: 31

Latest
शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः तपाईंहरुका माग सम्बोधन गर्न सकारात्मक छौँ, आन्दोलन स्थगन गर्नुहोस् थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउनु हुन्नः प्रधानमन्त्री प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा राप्रपाको विरोध थाइल्याण्ड भ्रमणबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराए समाजवादी मोर्चाले भन्योः राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ तीन तहको सरकारलाई जोड्ने एउटै सूत्र ‘सहकार्य’ नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५ घोषणा



अ+ अ-

काठमाडौं। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते सम्पन्न हुने फोटोपत्रकारिता अवार्ड बारे जानकारी गराएको हो । एनएफपिजे नेपाल, व्यावसायिक फोटोपत्रकारहरूको पहिलो आधिकारिक संस्था हो । संस्था २०५३ साल असोज ६ गते स्थापना भएको थियो ।

अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारहरूको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिनेछ । साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

राष्ट्रिय तथा प्रदेशस्तरीय अवार्ड विधाहरू

राष्ट्रिय फोटोपत्रकारिता अवार्ड अन्तर्गत ९ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ । त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटोपत्रकारलाई सम्मान गरिनेछ ।

अवार्डका लागि आवेदन प्रक्रिया
फोटोपत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटोपत्रकारहरूले अनलाइन फारम भरी आवेदन दिन सक्नेछन्। आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, उत्कृष्ट पाँच फोटो २०७९ साल वैशाखदेखि २०८१ साल फागुन मसान्तसम्म खिचिएका १२ वाइ १८ इन्च आकारमा ३०० डिपिआइ गुणस्तरमा क्याप्सनसहित पेश गर्नुपर्नेछ । आवेदन फारम २०८१ साल चैत्र ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्नेछ ।

निर्णायक मण्डल र मूल्यांकन मापदण्ड

अवार्ड छनौट समिति अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सुर्यज्योती लाइफ इन्सुरेन्सका व्राण्डीङ एण्ड कम्यूनीकेशन प्रमुख मेगेन्द्र प्रकाश गिरी प्राज्ञ वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनेछन् ।

निर्णायक मण्डलले तस्बिरहरूको प्राविधिक पक्ष, समाचार मूल्य, नैतिकता, सामाजिक–सांस्कृतिक प्रभाव, नवीनता तथा प्रविधिको प्रयोग लगायतका आधारमा मूल्यांकन गर्नेछ ।

समूहका अध्यक्ष प्रदीपराज वन्तले राज्यले फोटोपत्रकारहरुको हकहित र सम्मानको लागि कुनै पनि पुरस्कार तथा सम्मान स्थापना नगरेकाले २०७३ साल देखि आफ्नो नेतृत्वमा यो कार्यक्रम शुरु गरेको वताउनु भयो ।

सस्थाले नेपालमा रहेर व्यवसायीक फोटोपत्रकारितागर्ने हरुको सम्मान तथा हौसलाकोे लागि शुरुमा वार्षिक रुपमा आयोजना गर्ने गरि स्थापना गरेको कार्यक्रम हाल आर्थिक अभावका कारण २ वर्षको १ पटक अवार्ड आयोजना गरीने पनि उहाँले वताउनु भयो ।

उक्त कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष विकास रौनीयार र निर्णायक मण्डलको तर्फवाट वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेलले शुभकामना व्यक्त गर्नु भएको थियो । यस वर्षको कार्यक्रम संयोजकमा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ लगायत महिला उपाध्यक्ष,महासचिव, सचिव, कोषध्यक्ष लगायत ७ जनाको आयोजक कमिटि गठन गरिएको अध्यक्ष वन्तले जानकारी दिनुभयो । रासस