१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

28.27°C

काठमाडौं

28.27°C

Kathmandu

Feels-like: 27.12

Wind: 4.63

Humidity: 26

Latest
आन्तरिक पर्यटकको रोजाइमा धुमैया जलाधार क्षेत्र संविधान र व्यवस्था बलियो तथा सुदृढ बनाउन लोकतन्को सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाएः एमाले सांसद भट्टराई ‘तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दा निर्मल निवासलाई किन दुखेन ?’ आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्योः काँग्रेस महामन्त्री शर्मा विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः तपाईंहरुका माग सम्बोधन गर्न सकारात्मक छौँ, आन्दोलन स्थगन गर्नुहोस् थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासका लागि आन्तरिक लगानी प्रवद्र्धनमा जोड दिन महासंघ अध्यक्ष ढकालको आग्रह



अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विकासका लागि आन्तरिक लगानी प्रवद्र्धनमा जोड दिन आग्रह गर्नु भएको छ ।

कीर्तिपुरमा सोमबार आयोजित स्थानिय सरकारसँग साझेदारी साक्षात्कार कार्यक्रम एवं नव निर्वाचित नगरप्रमुखको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले वैदेशिक लगानीका स्रोतहरु खुम्चिएको अवस्थामा तीनै तहका सरकारले आन्तरिक लगानी प्रवद्र्धनलाई जोड दिनु पर्ने बताउनु भयो ।

 देशको समृद्धीका लागि पूर्वाधार विकास पहिलो प्राथमिकता हो । तर अहिले प्रत्यक्ष वैदेशिक लगानीका स्रोतहरु कम हुँदै गएका छन् । यो अवस्थामा आन्तरिक लगानी प्रर्वद्धन गर्नुको विकल्प छैन् । यसको लागि तिनै तहको सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु पर्दछ । ” उहाँले भन्नु भयो ।

कीर्तिपुर नगरपालिका काठमाडौं उपत्यकाको एक ऐतिहासिक, शैक्षिक , सांस्कृतिक र धार्मिक महत्व बोकेको नगरपालिका भएको उल्लेख गर्दै उहाँले यहाँको पर्यटन र कृषिबाट फाइदा दिन सक्नु पर्ने धारणा राख्नु भयो ।

स्थानीय सरकार र उद्योग वाणिज्य संघहरूले स्थानीय स्तरमा उपलब्ध स्रोतहरूलाई आधार बनाएर उद्यमहरू स्थापना गर्न प्रोत्साहन दिन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले व्यवसायमा दिगोपनका लागि स्थानीय स्रोत साधनको प्रयोगमा जोड दिन आग्रह गर्नु भयो ।