८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने

विकासका लागि आन्तरिक लगानी प्रवद्र्धनमा जोड दिन महासंघ अध्यक्ष ढकालको आग्रह

विकासका लागि आन्तरिक लगानी प्रवद्र्धनमा जोड दिन महासंघ अध्यक्ष ढकालको आग्रह
अ+ अ-

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विकासका लागि आन्तरिक लगानी प्रवद्र्धनमा जोड दिन आग्रह गर्नु भएको छ ।

कीर्तिपुरमा सोमबार आयोजित स्थानिय सरकारसँग साझेदारी साक्षात्कार कार्यक्रम एवं नव निर्वाचित नगरप्रमुखको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले वैदेशिक लगानीका स्रोतहरु खुम्चिएको अवस्थामा तीनै तहका सरकारले आन्तरिक लगानी प्रवद्र्धनलाई जोड दिनु पर्ने बताउनु भयो ।

 देशको समृद्धीका लागि पूर्वाधार विकास पहिलो प्राथमिकता हो । तर अहिले प्रत्यक्ष वैदेशिक लगानीका स्रोतहरु कम हुँदै गएका छन् । यो अवस्थामा आन्तरिक लगानी प्रर्वद्धन गर्नुको विकल्प छैन् । यसको लागि तिनै तहको सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नु पर्दछ । ” उहाँले भन्नु भयो ।

कीर्तिपुर नगरपालिका काठमाडौं उपत्यकाको एक ऐतिहासिक, शैक्षिक , सांस्कृतिक र धार्मिक महत्व बोकेको नगरपालिका भएको उल्लेख गर्दै उहाँले यहाँको पर्यटन र कृषिबाट फाइदा दिन सक्नु पर्ने धारणा राख्नु भयो ।

स्थानीय सरकार र उद्योग वाणिज्य संघहरूले स्थानीय स्तरमा उपलब्ध स्रोतहरूलाई आधार बनाएर उद्यमहरू स्थापना गर्न प्रोत्साहन दिन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले व्यवसायमा दिगोपनका लागि स्थानीय स्रोत साधनको प्रयोगमा जोड दिन आग्रह गर्नु भयो ।