७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलबारी अन्तरराष्ट्रिय नाट्य महोत्सवमा विद्यार्थीको आकर्षण



अ+ अ-

बेलबारी । बेलबारी प्राज्ञ प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा अन्तरराष्ट्रिय नाट्य महोत्सवमा स्थानीय विद्यार्थीको उल्लेख्य उपस्थिति रहेको छ ।

विद्यालय तथा क्याम्पस तहका विद्यार्थीसहित स्थानीय समाजसेवी, शिक्षाप्रेमी, कलाकारलाई महोत्सवले आकर्षित गरेको देखिन्छ । तीन दिनसम्म चल्ने सो महोत्सवमा नेपाल, भारत र जापानका नाट्यकर्मीहरुले नाटक मञ्चन गरिरहनुभएको छ । हरेक दिन दुई वटाका दरले नाटक मञ्चन हुने महोत्सवका निर्देशक विकास बुढाथोकीले जानकारी दिनुभयो ।

मण्डला थिएटरका निर्देशक सोमनाथ खनालको सक्रियतामा आयोजना भएको सो महोत्सवमा छ वटा नाटक मञ्चन हुने बताइएको छ । स्थानीय कलाकर्मीको पहिचानसहित नाट्यकला क्षेत्रको विकास र प्रवद्र्धन गर्न सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको यस किसिमको नाट्य महोत्सव चितवन र पोखरामा पनि भइरहेको आयोजक पक्षले जनाएको छ ।

बेलबारी प्राज्ञ प्रतिष्ठानका सचिव कुलप्रसाद बरालका अनुसार महोत्सवमा नाटक मञ्चनसहित सांस्कृतिक झाँकी, कार्यशाला, अन्तक्र्रियालगायतका प्राज्ञिक गतिविधि सञ्चालन हुनेछ ।

पहिलो दिन आइतबार जीवन बराल र विकास बुढाथोकीको निर्देशनमा रहेको ‘स्कुल’ नाटक र भारतीय टोलीले तयार गरेको नाटक ‘एबोरिजिनल क्राई’ मञ्चन भएको छ । यस नाटकले भारतस्थित मणिपुरको प्रभावित क्षेत्रका विस्थापित मानिस र तिनको कठिनाइलाई चित्रण गर्ने प्रयास गरेको छ ।

मण्डल थिएटरका निर्देशक सोमनाथ खनालले नेपालको पूर्वी क्षेत्रको बेलबारीमा पहिलोपटक सुरु भएको सो महोत्वसले स्थानीय कलाकार तथा नाट्यकर्मीको उजागर गर्न र समग्र नाट्यकला क्षेत्रको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।